Logo

२०८३, कार्तिक २७गते


images
images

लमजुङको खरखरेभिरमा पहिरो, मनाङ जाने सडक अवरुद्ध

लमजुङको खरखरेभिरमा पहिरो, मनाङ जाने सडक अवरुद्ध

images
  • सेतोमसी सहकर्मी
  • लमजुङको खरखरेभिरमा पहिरो, मनाङ जाने सडक अवरुद्ध
    images

    राजेश पराजुली, पोखरा । लमजुङ । लमजुङको बेँसीसहरबाट मनाङको चामे पुग्ने सडक अवरुद्ध भएको छ । अविरल वर्षासँगै बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

    images
    images
    images

    सोही सडकस्थित अक्टोसप झरनामा पानी बढेपछि आवागमन रोकिएको प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए । सडक अवरुद्ध भएपछि मनाङ जाने यात्री लमजुङमै अलपत्र परेका छन् । पहिलो खुलाउन समय लाग्न सक्ने इन्स्पेक्टर चपाईले बताए ।

    images
    images
    images

    यो सडक हरेक वर्ष वर्षायाममा पहिरोले अवरुद्ध हुने गरेपनि सम्बन्धित निकायले ध्यान नदिएको मनाङवासीले गुनासो गर्दै आइरहेका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मनाङ जाने सडक अवरुद्ध
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।