Logo

२०८३, कार्तिक २७गते


images
images

कनिका छरे जसरी बजेट छर्ने प्रवृत्तिले विकास हुँदैन : पूर्व अर्थमन्त्री महत

कनिका छरे जसरी बजेट छर्ने प्रवृत्तिले विकास हुँदैन : पूर्व अर्थमन्त्री महत

images
  • सेतोमसी सहकर्मी
  • कनिका छरे जसरी बजेट छर्ने प्रवृत्तिले विकास हुँदैन : पूर्व अर्थमन्त्री महत
    images

    काठमाडौं ।  नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले खुद्रे योजनामा बजेट विनियोजन गरेर देश विकास नहुने बताएका छन् । 

    images
    images
    images

    बागमती प्रदेश संसदीय दलले आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशसभामा पेस भएको बजेट र प्रदेश सरकारले वितरण गरेको विनियोजन विधेयकसम्बन्धी छलफलमा उनले खुद्रे योजनामा बजेट विनियोजन गरेर देश विकास नहुने बताए। 

    images
    images
    images

    प्रवक्ता महतले आफू अर्थमन्त्री हुँदा बजेटलाई कनिका छरे जसरी छर्ने प्रचलनलाई रोक्न संघीय सरकारबाट तीन करोडभन्दा माथि र प्रदेश सरकारबाट एक करोडभन्दा माथिको मात्रै योजना बनाउने कार्यविधि तयार पारे पनि गठबन्धन फेरबदल भएपछि सरकारले उक्त कार्यविधि लत्याएको बताए । 

    images
    images

    कनिका छरे जसरी बजेट छर्ने प्रवृत्तिलाई निरन्तरता दिएर सरकारले कार्यकर्तामुखी बजेट ल्याएको उनको आरोप छ । महतले बागमती प्रदेशले पनि संघीय सरकारकै सिको गरेर कार्यकर्तामुखी बजेट ल्याएको भन्दै त्यसको प्रतिवाद गर्न पनि प्रदेश सांसदहरूलाई निर्देशन दिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पूर्व अर्थमन्त्री महत
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।