Logo

२०८३, कार्तिक २५गते


images
images

लुम्बिनी प्रदेशले घरबाटै व्यवसायिक फर्म दर्ता गर्ने व्यवस्था मिलाउने

लुम्बिनी प्रदेशले घरबाटै व्यवसायिक फर्म दर्ता गर्ने व्यवस्था मिलाउने

images
  • सेतोमसी सहकर्मी
  • लुम्बिनी प्रदेशले घरबाटै व्यवसायिक फर्म दर्ता गर्ने व्यवस्था मिलाउने
    images

    प्यूठान । आगामी आर्थिक वर्ष २०८१/०८२ देखि घरबाटै व्यवसायीक फर्म दर्ता प्रक्रिया पूरा गर्ने कार्यको व्यवस्था मिलाउने लुम्बिनी प्रदेश सरकारका उद्योग,पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले बताएका छन ।सोमबार साना तथा घरेलु कार्यलय प्युठानको आयोजना तथा उद्योग बाणिज्य संघ प्युठानको समन्वयमा भएको स्वदेश उत्पादन अभियान: उद्दमी तथा व्यवसायी बिचको अन्तरक्रिया कार्यक्रम बोल्दै मन्त्री बस्नेतले लामो समयदेखी नवीकरण नभएका फर्महरु आगामी वर्ष बिशेष छुट सहित नवीकरण गर्न सकिने बताए ।

    images
    images
    images

    मन्त्री बस्नेतले ऐतिहासिक तथा धार्मिक पर्यटनकिय क्षेत्रको विकासमा व्यवसायीले सरकारलाई गाली गर्ने मात्रै नभई सहकार्य गर्दै उद्योग दर्ता,नविकरण र प्याकेजिङ्गलाई कानुनी हिसाबले ख्याल गर्नुपर्ने जोड दिए ।

    images
    images
    images

    आर्थिक अपचलन गरेका सहकारीलाई कार्वाहीको दायरामा ल्याउने बताउदै उनले उदमशिलता मुलक सहकारीलाई प्रवीधी हस्तान्तरण तथा तालिमको व्यवस्था हुने गरि बजेटमा समेटिएको मन्त्री बस्नेतले बताए ।

    images
    images

    पर्यटनको क्षेत्रमा सरकारले लगानी गरेको त्यसको प्रतिफल प्राप्त गर्न नसकेकोले प्रतिफल सहितको लगानीमा जोड दिने बताउदै उद्योग कार्यालय जिल्ला मै रहेको र आगामी वर्षदेखि पर्यटन र सहकारी हेर्ने कार्यालय प्यूठानमै स्थापना गरिने समेत मन्त्री बस्नेतले उल्लेख गरे ।

    उद्योग र सहकारीहरु दर्ता,संचालन र नियमनको लागि कानुन अभाव रहेको माण्डबी गाउपालिकाका अध्यक्ष नवराज अधिकारीले बताए । संघीयताले तीन तहको सरकार बनाए पनि कतिपय कानुन पुराना भएकोले कानुन बनाउने बाटो खोली दिन उनले प्रदेश सरकारलाई अनुरोध गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।