Logo

२०८३, श्रावण २७गते


images
images

हाइटीमा शक्तिशाली भूकम्प जांदा ३ सय ४ जनाको मृत्यु १८ सय बढि घाइते, प्रधानमन्त्रीद्वारा एक महिने आपतकाल घोषणा

हाइटीमा शक्तिशाली भूकम्प जांदा ३ सय ४ जनाको मृत्यु १८ सय बढि घाइते, प्रधानमन्त्रीद्वारा एक महिने आपतकाल घोषणा

images
  • हाइटीमा शक्तिशाली भूकम्प जांदा ३ सय ४ जनाको मृत्यु १८ सय बढि घाइते, प्रधानमन्त्रीद्वारा एक महिने आपतकाल घोषणा
    images
    images

    एजेन्सी । क्यारबियन देश हाइटीमा ७.२ म्याग्निच्युटको शक्तिशाली भूकम्प जाँदा ३०४ जनाको मृत्यु भएको छ भने १८ सय भन्दा बढी घाइते भएका छन । अधिकांश भवनहरु क्षतिग्रस्त भएकाले घाइते तथा मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री एरियल हेनरीले भूकम्पबाट व्यापक क्षति पुगेको भन्दै एक महिने आपतकाल घोषणा गरेका छन् । भूकम्पबाट मानिसहरुका घर, चर्च, होटेल लगायतका संरचनाहरु भत्किएका छन् ।

    images
    images
    images

    स्थानीय समय अनुसार शनिबार बिहान सेन्ट लुइस डू सुड शहर भन्दा १२ किलोमिटर पर केन्द्रविन्दु भएर भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्वे (युएसजिएस) ले जनाएको छ । भूकम्पको धक्का करिब १२५ किलोमिटर टाढा रहेको राजधानी पोर्ट ओ प्रिन्समा र छिमेकी देशहरुमा पनि महसुस गरिएको थियो ।

    images
    images
    images

    सन् २०१० मा ७ म्याग्निच्युटको विनाशकारी भुकम्पले दुइ लाख बढिको ज्यान लिएको थियो । त्यस भूकम्पबाट तंगि्रदै गैरहेको हाइटी फेरि अर्को भूकम्पको मारमा परेको बीबीसीले जनाएको छ ।

    प्रधानमन्त्री एरियल हेनरीले हाइटीमा सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग पनि अपील गरेका छन । यस्तै अमेरिकी राष्ट्रपति जो बाइडनले भूकम्पबाट प्रभावित हाइटीमा तत्काल राहत सहयोग गर्न यूएसआइडीलाई भनेका छन् । 
    शक्तिशाली भुकम्प पछि अहिले पनि त्यसको परकम्पहरु आउने क्रम जारी रहेको छ । सबैलाई सतर्क रहन भनिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।