बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र सुदुरपश्चिम प्रदेश प्रमुख नजिर मियाँबिच आइतबार बुटवलमा भेटघाट भएको छ ।
सुदुरपश्चिम प्रदेश प्रमुख नियुक्त भएपछि पहिलोपटक बुटवल आएका मियाँसंग प्रदेश प्रमुख शेरचनले शिष्टाचार भेट गरेको उनको सचिवालयले जनाएको छ ।
भेटका दुबै प्रदेश प्रमुखबिच प्रदेश प्रमुखको कार्यालय संचालनका बारेमा अनुभव आदानप्रदान संगै समसामयिक विषयमा छलफल भएको जनाइएको छ । भेटघाटमा दुबै प्रदेश प्रमुखको सचिवालयको टोलि समेत सहभागि थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology