Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

आज श्रावण ३१ गते आइतबार, श्री सुर्यदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

आज श्रावण ३१ गते आइतबार, श्री सुर्यदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

images
  • सेतोमसी सहकर्मी
  • आज श्रावण ३१ गते आइतबार, श्री सुर्यदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 
    images
    images

    ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ श्रावण ३१ गते आइतबार । तदनुसार १५ अगस्ट  २०२१ । श्री सुर्यदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस । 

    images
    images
    images

    आजको पंचाङ्ग 

    images
    images
    images

    वि.सं. साउन ३१, २०७८ । ई.सं. 15 Aug, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ गुँलाथ्व । दक्षिणायन । वर्षा । आइतवार । श्रावण शुक्लपक्ष । तिथि - सप्तमी , ९:३५ बजे उप्रान्त अष्टमी । नक्षत्र - स्वाती ६:३२ बजेदेखि विशाखा , २८:५६ बजे उप्रान्त ज्येष्ठा । योग - शुक्ल , १०:११ बजे उप्रान्त ब्रह्म । करण - वणिज ९:३५ बजेदेखि भद्रा , २०:२३ बजे उप्रान्त तैतिल । चन्द्रराशि - तुला । आनन्दादि योग - लुम्ब । दिनमान ३२।४३ । सूर्योदय ५:३५ । सूर्यास्त १८:४० । रविसप्तमीव्रत, गोस्वामी तुलसीदास जयन्ती । 

    images
    images
    images

    आजको राशिफल: 

    मेष - (चु, चे, चो, ला, ली, लु, ले, लो, अ) 
    स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । चोट पटकको सम्भावना रहेकोछ । यात्रामा सतर्क रहनुहोला । मन प्रसन्न रहने छैन । मनमा चिन्ता बढनेछ । वादविवाद हुन सक्नेछ सतर्क रहनुहोला । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहनेछैन । आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ । 

    वृष - (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो) 
    बाहनबाट सुख मिल्नेछ । मनमा धार्मिक भावना प्रवल रहेको छ । आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । परिवारबाट सहयोग मिल्नेछ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दनि रहेको छ । 

    मिथुन - (का, की, कु, घ, ङ, छ, के, को, हा)  
    शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहनेछ । आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्त हुनेछ । श्रीमती ÷ प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । शत्रु परास्त हुनेछन् । मनले चिताएको काम पुरा हुनेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेका छन् । 

    कर्कट - (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) 
    वायु विकारको योग वनेको छ । मेहनतसाथ गरेको काम सफल हुनेछैन । यात्रा अर्थपूर्ण नहोला । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानी हुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुनेछैन । 

    सिंह - (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
    आफन्तहरुसंग झगडा हुनसक्छ व्यवहार गर्दा सजग रहनुहोला । काम विग्रने खालको समय छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँ कामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ । 

    कन्या - (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) 
    आकस्मिक धनलाभ हुने योग छ । शत्रु पराजित हुनेछन । पढाइमा मन जानेछ । व्यवसाय राम्रो रहने छ । स्वास्थ्य राम्रो रहनेछ । शत्रु पराजित हुनेछन । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ । 

    तुला - (रा, री, रु, रे, रो, ता, ती, तु, ते) 
    पठनपाठनमा बाधा पुग्ने खालको दिन रहेको छ । मनमा असन्तोष बढनेछ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यक रुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नुहोला । अनावश्यक रुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउनेछ । खानपानमा ख्याल गर्नुहोला । 

    वृश्चिक - (तो, ना, नी, नू, ने, नो, या, यी, यू)  
    रोगबाट छुट्कारा मिल्नेछ । स्त्रीसुख प्राप्त हुनेछ । मिष्ठान्न भोजनका साथै ऐश्वर्य प्राप्तिको योग छ । सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला । 

    धनु - (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे) 
    काममा बाधाका साथै शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउनेछ । आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ । अनावश्यक खर्चमा बृद्धि हुनेछ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला । 

    मकर - (भो, जा, जी, खी, खु, खे, खो, गा, गी)  
    कामहरु बन्दै जाने छन् । आफन्त तथा मित्र मिलनको योग छ । धन प्राप्त हुनेछ । व्यवसायबाट राम्रो फाइदाहुने दिन रहेको छ । मित्रहरुसंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिन छ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ । 

    कुम्भ - (गू, गे, गो, सा, सी, सु, से, सो, दा) 
    आज शुभ समाचार सुन्न पाइनेछ । भगवान प्रति भक्ति बढनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ । 

    मीन - (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)  
    रोजगारी तथा व्यवसायमा घाटाहुन सक्नेछ । सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।