देवदह । रुपन्देहीको देवदहमा १५ दिने मिठाई बनाउने तालिम सोमबार सम्पन्न भएको छ। नेशनल इन्स्टिच्युट अफ फुड स्टडिज र देवदह नगरपालिकाको संयुक्त आयोजनामा उक्त तालिम भएको हो।
समापन समारोहमा बोल्दै देवदह नगरपालिका नगर प्रमुख धुर्ब प्रसाद खरेलले सिकेका सीप उपलब्धी मुलक भएन भने सीप सिकेको केही महत्व नहुने भन्दै सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गरे। नगर प्रमुख खरेलले यस कार्यमा नगरले साथ दिने भन्दै
तालिममा सहभागी सबैलाई मिठाई बनाउने योजना सहितको व्यवसाय गर्न अगाडि बढ्न समेत आग्रह गरे। 
महिलाहरुले तालिमबाट सिकेका कुरा व्यहवारमा कार्यान्वयन भएमा तालिमको सार्थकता हुने र यस्ता सीपमूलक तालिमले उनीहरुको आयआर्जनमा बृद्धि भई जिविकोपार्जनमा टेवा पुग्ने देवदह नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले बताइन्।
तालिममा २० जना महिलाहरुको सहभागीता रहेको थियो । जसमा दुधबाट बनेका विभिन्न परिकारका मिठाई बनाउन सिकाइएको थियो।
वडा नं ७ का वडा अध्यक्ष कृष्ण अधिकारी, वडा नं ८ का वडा अध्यक्ष हरि पाण्डे लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन इन्दिरा भुषालले गरेकी थिइन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology