Logo

२०८३, श्रावण २७गते


images
images

फेवाताल क्षेत्र पुर्ने काम उच्च अदालतले रोक्यो

फेवाताल क्षेत्र पुर्ने काम उच्च अदालतले रोक्यो

images
  • सेतोमसी सहकर्मी
  • फेवाताल क्षेत्र पुर्ने काम उच्च अदालतले रोक्यो
    images
    images

    राजेश पराजुली, पोखरा । फेवाताल आसपासको क्षेत्रमा अवैधरूपमा माटो हालेर पुर्ने कार्यका सम्बन्धमा उच्च अदालतले यसअघि दिएको अन्तरिम आदेश खारेज गरिदिएको छ ।

    images
    images
    images

    पोखरा महानगरपालिका वडा नं. १८ सेदीस्थित सरस्वती पहारीले अनुमति विना माटो पुर्ने कार्य गरेपछि महानगरपालिकाले सो कार्यमा प्रयोग भएको सवारी नियन्त्रणमा लिएको थियो । त्यसकाविरुद्ध उनी अदालत गएकी थिइन् ।

    images
    images
    images

    पोखरा महानगरपालिकालाई विपक्षी बनाएर दिएको रिटमाथि एकतर्फी सुनुवाइ गर्दै अदालतले पहारीको पक्षमा गत फाल्गुन २९ गते अन्तरिम आदेश जारी गरेको थियो ।

    images
    images
    images

    सो आदेशमा चित्त नबुझेपछि महानगरपालिकाले भ्याकेट रिट दायर गरेको थियो । उक्त रिटमाथि अन्तिम सुनुवाइ गर्दै उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई र न्यायाधीश उमेश कोइरालाको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेश खारेज गरिदिएको हो ।

    महानगरपालिकाकोतर्फबाट अधिवक्ता शुकदेव गौतम र विपक्षीको तर्फबाट अधिवक्ताहरू गोविन्द पौडेल, गेज शर्मा पोख्रेल र लुमचन्द्र रेग्मीले बहस गरेका थिए ।

    फेवातालको माथिल्लो क्षेत्रमा अनधिकृत रूपमा माटो पुर्ने र प्राकृतिक स्रोतको अवैध ओसारपसारमा संलग्नलाई महानगर पालिकाले पटकपटक कारबाही गर्दै आइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फेवाताल क्षेत्र
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।