Logo

२०८३, श्रावण २७गते


images
images

धनियाँ बिक्री गरेर वार्षिक आठ लाख आम्दानी

धनियाँ बिक्री गरेर वार्षिक आठ लाख आम्दानी

images
  • सेतोमसी सहकर्मी
  • धनियाँ बिक्री गरेर वार्षिक आठ लाख आम्दानी
    images
    images

    देउखुरी (दाङ) । खेतका गराभरी हरियो धनियाँ छ । धनियाँ उखेलेर साना साना मुठा पार्दै गरेको अवस्थामा भेटिए घोराही उपमहानगरपालिका–६ चोरगाउँका अमित चौधरी । उनले दुई कठ्ठा जमिनमा धनियाँखेती गरेका छन् । धनियाँको माग बाह्रैमहिना हुने भएकाले बाह्रैमहिना खेती गर्ने गरेको उनले बताए ।

    images
    images
    images

    उनका बुवाले विगत आठ वर्ष अघिदेखि व्यावसायीक रुपमा धनियाँखेती गर्दथे । आम्दानी राम्रो भएपछि त्यसैलाई निरन्तरता दिएको उनले बताए । दुई कठ्ठाखेतमा चार किलो धनियाँको बीउ दुई हजार चार सय रुपैयाँमा खरिद गरी खेती गरेको उनले बताए । त्यो धनियाँ बिक्री गरेर दुई लाख आम्दानी गरेको उनले बताए ।

    images
    images
    images

    बाह्रैमहिना धनियाँ माग हुने भएकाले बाह्रै महिना खेती गर्ने उनले बताए । सिजनमा रु पाँच मुठाका दरमा बिक्री हुन्छ भने बेमौसममा रु १० मुठाका दरमा बिक्री हुन्छ । धनियाँ उखेल्न समय लाग्ने भएकाले दैनिक धेरै उखेल्न नसकिने उनले बताए । धेरै उखेल्न सक्यो भने दैनिक रु तीन हजारदेखि रु तीन हजार पाँच सयसम्म आम्दानी हुने गरेको अमितले बताए । उखेल्न नसकेको समयमा रु एक हजारदेखि रु एक हजार पाँच सयसम्मको बिक्री हुने गरेको उनको भनाइ छ ।

    images
    images
    images
     

    धेरै मेहनत गर्नुनपर्ने, रोगकीरा नलाग्ने र विषादी पनि राख्नु नपर्ने भएकाले कम खर्चमा धेरै आम्दानी गर्न सकिने भएकाले धनियाँखेतीलाई निरन्तरता दिएको उनले बताए । ‘वैशाख, जेठ र असारमा धनियाँ रु १० प्रतिमुठाको दरमा बिक्री हुन्छ, यो याममा राम्रो मूल्य पाइन्छ’, उनले भने । गत वर्ष यी तीन महिनामा रु दुई लाख आम्दानी गरेको उनले बताए। सरदर वर्षको रु आठ लाख धनियाँ बिक्रीबाट मात्रै आम्दानी हुने गरेको उनले बताए ।

    ‘धनियाँ छरेको ३५ दिनमा बिक्रीका लागि योग्य हुने भएकाले उखेल्न सुरु गर्छौँ, तयार भएको दुई महिनाभित्र बिक्री गरिसक्नुपर्छ’, उनले भने, ‘लामो समय राख्न मिल्दैन, छिप्पियो भने बिक्री हुँदैन, बिक्री भएर खाली भएको जमिनमा हरेक १० दिनको फरकमा धनियाँ छर्ने गर्छु, त्यसैले एक लट बिक्री गरिसक्दा अर्को लट तयार भइसकेको हुन्छ ।’

    उनीसँग बाह्रैमहिना धनियाँ हुने गरेको छ । छोटो समयमा मनग्य आम्दानी हुने भएकाले धनियाँखेती बाह्रैमहिना गर्ने गरेको उनले बताए । ‘इनारको पानीले सिँचाइ गरेर खेती गर्ने गरेका छौँ, पानीको अन्य सुविधा छैन, बिक्रीका लागि घोराही बजारमा लैजानुपर्छ, बजारमा धनियाँ अभाव भयो भने व्यापारी घरमै आउने गर्छन्, खेतीपाती गर्न  बुवाआमा र श्रीमतीको सहयोग रहेको छ’, उनले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धनियाँ खेती
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।