Logo

२०८३, आश्विन ९गते


images
images

बेंसीसहरमा ब्रेक फेल भएर जिप घरभित्र छिर्दा ३ जना घाइते

बेंसीसहरमा ब्रेक फेल भएर जिप घरभित्र छिर्दा ३ जना घाइते

images
  • सेतोमसी सहकर्मी
  • बेंसीसहरमा ब्रेक फेल भएर जिप घरभित्र छिर्दा ३ जना घाइते
    images
    images

    राजेश पराजुली, पोखरा । लमजुङ सदरमुकाम बेंसीसहरमा मंगलबार मध्याह्न दिउँसो ब्रेक फेल भएर जिप घरभित्र छिर्दा ३ जना घाइते भएका छन् ।

    images
    images
    images

    बेंसीसहर नगरपालिका ७, तमू संग्रहालयको ओरालोमा ब्रेक फेल भएको जिप क्याम्पस रोडको आस्मी खाजा घरको सटरमा छिर्दा खाजा घरमा बसिरहेका ३ जना घाइते भएका हुन् ।

    images
    images
    images

    दूधपोखरी गाउँपालिका १, को कल्लाबारी माविका २ जना विद्यार्थी र १ जना शिक्षक लिएर तमू संग्रहालयमा आउँदै गरेको ग३च ५०७१ निजी जिप तमू संग्रहालयमा नरोकिई सिधै क्याम्पस रोडको सटरभित्र प्रवेश गरेको हो । शिक्षक र विद्यार्थी भने सकुशल छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार जिप दुर्घटनामा परेर घरधनी वर्ष ३८ का सिर्जना श्रेष्ठ, छिमेकी अन्दाजी ८० वर्षीया रत्नाकुमारी राउत र बुहारीको पसलमा रहेकी ६३ वर्षफया डम्मरकुमारी रोका घाइते भएका छन् ।

    श्रेष्ठको टाउको र चोट साथै राउतको दायाँ कोखामा चोट लागेको छ । रोकामगरको ढाड र करङमा गम्भीर चोट लागेको र अवस्था गम्भीर रहेको चपाईंले बताए । घाइतेको बेंसीसहरस्थित लमजुङ अस्पतालमा उपचार भइरहेको छ । चालक दूधपोखरी गाउँपालिका ४, नमार्खुका ४१ वर्षीय डिलप्रसाद गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ब्रेक फेल
  • # बेंसीसहर
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।