देवदह । नमूना एभरग्रिन ईङ्गलिस बाेर्डिङ्ग स्कुल देवदह २ मा अभिभाबक अभिमुखीकरण तथा अन्तरर्क्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
कक्षा नर्सरी देखि यु.के.जी सम्म अध्ययनरत विद्यार्थीहरुका अभिभाबकहरु विच अभिमुखिकरण तथा अन्तर्कृया भएको हो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य कमल पौडेलले बालबालिकाको सिकाई तथा लेखाइमा सुधार ल्याउनका लागि शिक्षकको मात्र नभई अभिभाबकहरुको पनि उत्तिकै महत्वपुर्ण भूमिका रहेको बताए ।
सो क्रममा अभिभाबकहरु बिच लेखन प्रतियोगिता राखिएको र उक्त प्रतियगितामा शर्मिला सारुलाई पुरस्कृत गरिएको छ ।
विद्यालयका संयोजक सृष्टि बरालको संचालन र हस्तलेखन तथा चित्रकला प्रशिक्षक खुलेन्द्र बिन्दु पन्थीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology