Logo

२०८३, आश्विन ११गते


images
images

प्राचीन तिलौराकोट दरबारमा प्रसुती उत्सव

प्राचीन तिलौराकोट दरबारमा प्रसुती उत्सव

images
  • सेतोमसी सहकर्मी
  • प्राचीन तिलौराकोट दरबारमा प्रसुती उत्सव
    images
    images

    जेठ ११ । भगवान बुद्धले ३३ बर्ष विताएको तिलौराकोट दरबारमा २५६८ औँ बुद्ध जयन्ती तथा प्रसुती उत्सव मनाइएको छ । शुक्रबार लुम्बिनी विकास कोषले प्राचीन तिलौराकोट दरबार क्षेत्रमा भगवान बुद्धको जन्मयात्राको सम्झनामा कार्यक्रम गरेको हो । लुम्बिनीमा बुद्धको जन्म भए पश्चात बाजागाजाका साथ तिलौराकोट लगिएको सम्झना स्वरुप लिटिल बुद्धको मुर्ती तिलौराकोट लगिएको थियो । लिटिल बुद्धको मुर्तीलाई स्थानीयले भव्य स्वागत गरेका थिए । स्वागत कार्यक्रममा बोल्दै राष्ट्रिय सभाको उपाध्यक्ष विमला घिमिरेले बुद्ध ज्ञान सबैले अनुशरण गर्नु पर्ने बताउनु भयो । उहाँले बुद्ध दर्शन सबै मानव जगतका लागि भएकाले यसलाई धार्मिक संङ्कीर्णता दृश्टिले हेर्न नहुले बताउनु भयो । बुद्धको उपदेशलाई पाठ्यक्रमको रुपमा विकास गरेर विद्यालय तहमा पठन पाठन गर्नु पर्नेमा जोड दिनु भयो । आफुले प्राचिन तिलौराकोटको विकासका निम्ति विभिन्न अवस्था आवाज उठाउँदै आइरहेको स्मरण गर्दै उपाध्यक्ष घिमिरेले यस क्षेत्रको विकासका लागि अग्रसर हुन स्थानीयसंग आग्रह गर्नु भयो । संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले बुद्ध दर्शन बुझे बौद्ध क्षेत्रहरुको विकास गर्न सजिलो हुने भन्दै नेपालीले बुद्ध दर्शन नबुझ्दा लैङ्गीक, जातिय तथा भौगोलिक विभेद कायम रहेको बताउनु भयो । बुद्ध दर्शनले करुणा, सद्भाव र आपसी मेलमिलाप सिकाउने उल्लेख गर्दै विश्व शान्तिका लागि बुद्ध दर्शन अंगीकार गर्नु वाहे अर्को विकल्प नरहेको बताउनु भयो । तिलौराकोट क्षेत्रको विकासका लागि आलोचना भन्दा पनि सहकार्य आवश्यक रहेकोमा जोड दिनु भयो । तिलौकोटको विकासका लागि स्थानीय बासिन्दा र लुम्बिनी विकास कोष हातमा हात र साथमा साथ मिलाएर अघि वढ्नु पर्ने बताउनु भयो । उहाँले प्राचीन तिलौराकोट दरबार क्षेत्रको विकासका लागि लुम्बिनी विकास कोष, राष्ट्रिय सभा उपाध्यक्ष, मूख्यमन्त्री, यस क्षेत्रका प्रतिनिधि सभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य, स्थानीय सरकारका प्रमुख, पुरातत्व विभाग, बुद्धिजिवी, राजनैतीक दलका नेता, सरोकारवाला र स्थानीयको सहभागीतामा त्रिद्धिवसिय गोष्ठि गर्ने प्रस्ताव समेत गर्नु भयो ।
    लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री अर्जुन कुमार केसीले तिलौराकोटको विकासमा पुरातत्व विभाग वाधक बनेको आरोप लगाउनु भयो । पुरातत्व विभागले काम गर्न नदिएको बताउँदै पुरातत्व विभागको औचित्व माथि प्रश्न गर्नु भयो । विदेशीले कलेजले नेपाललाई सिक्ने थलो बनाएको भन्दै अब नेपाली विद्यार्थीले नै खोज अनुसन्धान गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा कपिलस्तु नगरपालिकाका मेयर सुदिप पौडेल, लुम्बिनी विकास कोषका बोर्ड सदस्य गोपी कृष्ण श्रेष्ठ लगायतले बोलेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।