Logo

२०८३, कार्तिक २७गते


images
images

प्रदेश खेलकुद परिषद गण्डकीको ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सम्पन्न

प्रदेश खेलकुद परिषद गण्डकीको ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सम्पन्न

images
  • सेतोमसी सहकर्मी
  • प्रदेश खेलकुद परिषद गण्डकीको ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सम्पन्न
    images

    राजेश पराजुली, नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिकामा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सम्पन्न भएको छ ।प्रदेश खेलकुद परिषद गण्डकीको वार्षिक कार्यक्रम अनुसार आयोजित उक्त कार्यक्रममा मध्यविन्दुमा नगर पालिकाले सहकार्य गरेको हो ।

    images
    images
    images

    नवलपुरको विभिन्न पाँच पालिकाका विभिन्न विद्यालयका कक्षा ८ देखि १२ कक्षासम्म अध्यापनरत २ सयभन्दा बढि विद्यार्थी र ओलम्पियन बीच अन्तक्रिया गरी विद्यार्थीहरुलाई खेलकुदका विभिन्न आयामहरुका बारेमा जानकारी गराइएको थियो ।

    images
    images
    images

    गण्डकी प्रदेशमा नै पहिलो पटक आयोजित कार्यक्रमको मध्यविन्दु नगर पालिकाका नगर प्रमुख भिमलाल अधिकारीले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । उनले सो अवसरमा परिषदलाई यो अवसर दिएको प्रति आभार व्यक्त गर्दै विद्यार्थी र ओलम्पियन बीचको यो अन्तक्रियाले धेरै यूवा खेलाडी उत्पादन गर्ने संगै अनुशासित नागरिका उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह हुने बताए ।

    images
    images

    प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव एवं कार्यक्रमका अध्यक्ष श्रीधर शर्माले मध्यविन्दु नगर पालिका खेलकुदमा देशकै उत्कृष्ट पालिका समेत घोषित भएकोले परिषदले मध्यविन्दुमा यो कार्यक्रम आयोजना गरिएको बताए । उनले ओलम्पियन र विद्यार्थी बीचको सम्बन्ध नजिक बनाउन र  विद्यार्थीहरुलाई खेलकुदमा आकर्षण गर्न कार्यक्रम फलदायी हुने बताए । उनले यस्तै प्रकारका कार्यक्रम प्रदेशका अन्य तीन जिल्लामा समेत तयारी भइरहेको बताउँदै परिषदले समाजमा खेल संस्कृतिको विकास गर्न अहम भूमिका खेल्ने बताए ।
                                                                                                                                             
    प्रदेश सरकारले खेलाडीहरुको योगदानलाई सम्मान गर्दै मासिक भत्ता दिन सुरु गरेको जनाउँदै समाजको हरेक क्षेत्र ओलम्पियनहरुले राष्ट्रलाई दिएको योगदानका बारे अझै सुसुचित हुनुपर्ने सदस्य सचिवको भनाई थियो । विद्यालयतहमा खेलकुदलाई सहज पहुँच र विपन्न वर्गका बीच खेलकुद पुर्याउन प्रदेश खेलकुदले स्कुल टु ओलम्पिक र खेल्छ गण्डकी जस्ता बहुआयमिक कार्यक्रमहरु अघि बढाएको बताउँदै उनले खेलकुदले नै देशको समृद्धिको आधार हो भन्ने कुरालाई स्थापित गर्न परिषद प्रयासरत रहेको जनाए ।

    कार्यक्रममा आफ्ना भनाई राख्दै ओलम्पिन एसोशियसनका अध्यक्ष दिपक विष्टले यस प्रकारका विगत दखि नै आयोजना हुँदै आएको बताउँदै खेलकुदको उर्वर भूमी नवलपुरमा ओलम्पियन र विद्यार्थीहरु बीचको यो सम्वादले समाजले अनुशासित यूवा खेलाडी उत्पादन हुनेमा आफू विश्वस्त रहेको बताए ।

    विद्यार्थीहरु राष्ट्रको कर्णधार समेत रहेकाले पनि अझै अनुशासित भई अघि बढ्नुपर्ने कुरा औंल्याउँदै हरेकले आफ्नो उत्तरदायित्व बहन गर्न दृढ संकल्पका साथ लगनशिल भएमा मात्रै लक्ष्यमा पुग्न सकिने उनले बताए ।
                                                                                  सो अवसरमा नेपाल ओलम्पियन संघका अध्यक्ष दिपक विष्ट, महासचिव राजेन्द्र भण्डारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठलगायतले आफ्ना भनाई राखेका थिए ।

    कार्यक्रममा ओलम्पियन टिका बहादुर बोगोटी, ओलम्पियन देवु थापा, ओलम्पियन कमल बहादुर अधिकारी र विशेष आकर्षणको रुपमा तेक्वान्दोकी सिता तामाङ र नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान मान बहादुर श्रेष्ठको सहभागिता थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।