देवदह । रुपन्देहीको देवदहमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु भएको छ। ८ दिन सम्म चल्ने आधारभूत तालिम देवदह नगरपालिकाको आयोजनमा आईतबार देखि सुरु भएको हो।
वडास्तरमै मेलमिलापकर्ताको उत्पादन गरी न्याय सम्पादनलाई सहज बनाउनका लागि नगरका वटा वडाका सहजकर्ता सहभागि गराई तालिम संचालन गरिएको छ ।
मेलमिलापकर्ताले वडा स्तरमा रहेका मेलमिलाप केन्द्रमा रहेर मेलमिलापको काम गर्ने छन् । नगरपालिका भित्रका समस्या स्थानीय स्तरमा नै समाधानको निमित्त योग्य व्यक्ति बनाउन तालिम आयोजना गरिएको देवदह नगरपालिकाका कार्यबाहक नगर प्रमुख विद्या लक्ष्मी गुरुङले बताइन् ।
कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हरि प्रसाद पाण्डे, निमित्त प्रमुख प्रशासकीय अधिकृत लेखा अधिकृत निरज पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
८ दिन सम्म संचालन हुने तालिमको सहजीकरण अधिबक्ता हेमा न्यौपाने र सिताराम अधिकारीले गर्नुभएको छ। तालिममा ३४ जना मेलमिलापकर्ता सहभागी छन् ।
उद्घाटन कार्यक्रम कार्यबाहक नगर प्रमुख, न्यायीक समिति संयोजक विद्या लक्ष्मी गुरुङको अध्यक्षता, न्यायीक समिति सदस्य कुन्ता खाम्चाको स्वागत र गङ्गा पन्थीको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology