Logo

२०८३, आश्विन ९गते


images
images

देवदह संचार डाइरेक्टरी विमोचन

देवदह संचार डाइरेक्टरी विमोचन

images
  • सेतोमसी सहकर्मी
  • देवदह संचार डाइरेक्टरी विमोचन
    images
    images

    देवदह । देवदह प्रेस क्लबद्वारा प्रकाशित देवदह संचार डाइरेक्टरी विमोचन गरिएको छ । शनिबार एक कार्यक्रमबीच रूपन्देही क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले डाइरेक्टरीको विमोचन गरे । 

    images
    images
    images

    बुद्ध पुर्णिमाको अवसरमा आयोजित चियापान तथा संचार डाइरेक्टरी विमोचन कार्यक्रममा बोल्दै सांसद विश्वकर्माले सबै क्षेत्रमा अराजकता बढ्दै गएकोले संचार माध्यमले स्वस्थ आलोचना सहित सकारात्मक दृष्टिकोण निर्माणमा भूमिका खेल्नुपर्ने बताए । समाजलाई सहि दिशा देखाउने कार्यमा संचारमाध्यमले सधै सकारात्मक भूमिका खेल्दै आएको उल्लेख गर्दै नेकपा एमालेका केन्द्रीय सचिव समेत रहेका सांसद विश्वकर्माले परिवर्तन, मानव अधिकार र स्वतन्त्रताको लागि नेपाली मिडियाले सधै पैरवी गर्दै आएको बताए । 

    images
    images
    images

    "देख्दा सामान्य लाग्छ तर संचार माध्यममा आउने हरेक समाचारले नागरिकको दृष्टिकोण निर्माणमा भूमिका खेलिरहेको हुन्छ, त्यसैले संचार माध्यमले जिम्मेवार भएर काम गर्यो भने सबैखाले अराजकताको अन्त्य हुने र समाज अगाडि बढ्ने कार्यमा सहयोग पुग्छ भन्ने मलाई लाग्दछ" उनले भने । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका कार्यवाहक नगर प्रमुख विद्यालक्ष्मी गुरुङले राज्यले गरेका गल्ती औल्याइदिने र जानी-नजानी भएका कमजोरी सच्याउन मिडियाले दिने दवाव महत्वपुर्ण हुने बताइन् । आफूहरू पनि सबै जानेर जनप्रतिनिधि नभएको उल्लेख गर्दै उनले सबैको सुझाब र सहयोगमा देवदह नगरपालिकाले कार्य सम्पादन गर्दै आएको बताइन् । 

    लुम्बिनी विकास कोषका कोषाध्यक्ष समेत रहेका देवदह प्रेस क्लबका सल्लाहकार सिद्धिचरण भट्टराईले धेरै संचारमाध्यम बनाउनुभन्दा भएका संचार माध्यमलाई व्यवस्थित तरिकाले संचालन गर्न आवश्यक रहेको बताए । हस्तलिखित भित्तेपत्रिका मार्फत देवदहमा पत्रकारिताको जग बसालेका अग्रज पत्रकार भट्टराईले मिडियाले आफ्नो कन्टेन्टलाई कसरी क्वालिटीयुक्त बनाउने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । 

    देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले स्थानीयस्तरबाट संचालित संचार माध्यमको विकासमा नगरपालिकाले ध्यानदिने विचार व्यक्त गरे ।

    देवदह संचार डाइरेक्टरी प्रकाशन र यसको आवश्यकताबारे प्रष्ट पार्दै प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेलले पत्रकार आचारसंहिता सहितको संचार डाइरेक्टरीले आम नागरिकलाई संचार माध्यम, सरकारी कार्यालय र सामाजिक संघसंस्थासंग जोडिन सहयोग पुर्याउने बताए । उनले स्थानीय संचारमाध्यमको विकास र पत्रकारहरूको क्षमता अभिवृद्धिका कार्यक्रम अन्तरगत नै डाइरेक्टरी प्रकाशन गरिएको धारणा राखे  । 

    कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।