Logo

२०८३, कार्तिक २७गते


images
images

आज जननेता भण्डारी र आश्रितको ३१औैं स्मृति दिवस, कास्कीमा विशेष कार्यक्रम

आज जननेता भण्डारी र आश्रितको ३१औैं स्मृति दिवस, कास्कीमा विशेष कार्यक्रम

images
  • सेतोमसी सहकर्मी
  • आज जननेता भण्डारी र आश्रितको ३१औैं स्मृति दिवस, कास्कीमा विशेष कार्यक्रम
    images

    राजेश पराजुली, पोखरा । आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो ।

    images
    images
    images

    सोही दिनको स्मरणमा नेकपा (एमाले)ले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ । यसैक्रममा नेकपा एमाले कास्कीले पनि आज जिल्ला पार्टी कार्यालयमा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा मदन आश्रितको योगदान’ विषयक प्रवचन कार्यक्रम आयोजना गरेको छ ।

    images
    images
    images

    स्मृति दिवको पूर्व सन्ध्यामा बुधबार पोखरा १६, खोलाखेतस्थित मदन-आश्रित स्मृति पार्कमा सरसफाइ, माल्यार्पण तथा जवजका विशेषताको वाचन गरिएको थियो । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ ।

    images
    images

    मदन-आश्रितको सम्झनामा नेकपा एमालेले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ । २०५० साल जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो भने चालक अमर लामा बाँच्न सफल भएका थिए ।

    चालक लामाको २०६० सालमा हत्या भएपछि यो घटना झनै रहस्यमय बनेको छ । रहस्यमय जिप दुर्घटनामा मदन-आश्रितको निधन भए पनि घटनाको छानबिन नभएको भन्दै पटक-पटक आलोचना हुँदै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।