Logo

२०८३, आश्विन ९गते


images
images

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री सन्तोष पाण्डेयले दिए राजीनामा

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री सन्तोष पाण्डेयले दिए राजीनामा

images
  • लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री सन्तोष पाण्डेयले दिए राजीनामा
    images
    images

    काठमाडौ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागी भएका मन्त्री पाण्डेयले मंगलवार राती राजीनामा दिएका हुन् । 

    images
    images
    images

    सिद्धान्तको आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त निर्णय ठानेर राजीनामा दिएको मन्त्री पाण्डेयले बताएका छन । मंगलबारनै जनता समाजबादी पार्टी संसदीय दलको बैठकले लुम्बिनी सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार राजिनामा दिएको उनले बताएका छन ।

    images
    images
    images

    लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षीदल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन आज दिउँसो १ बजे बस्दैछ ।

    images
    images
    images

    जसपा बाट मन्त्री बनेका बिजय बहादुर शाही र कल्पना पाण्डेले भने राजिनामा दिएका छैनन् । एमालेलाई सघाउँदै सरकारमा गएका उनीहरुलाइ  जसपाले कारबाही गरेर हटाइसकेकाे भएपनि अदालतमा उनीहरुको मुद्दा विचाराधीन छ ।Screenshot_20210811-082724_Hamro Patro.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।