Logo

२०८३, कार्तिक २७गते


images
images

प्राइम सहकारीका अध्यक्ष कार्की र सचिव पौडेलसहित ८ जना सञ्चालक पक्राउ

प्राइम सहकारीका अध्यक्ष कार्की र सचिव पौडेलसहित ८ जना सञ्चालक पक्राउ

images
  • सेतोमसी सहकर्मी
  • प्राइम सहकारीका अध्यक्ष कार्की र सचिव पौडेलसहित ८ जना सञ्चालक पक्राउ
    images

    राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष शंकर कार्की र सचिव सुरेन्द्रमणि पौडेल सहित ८ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताको डेढ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा उनीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    उनीहरु उपर अनुसन्धान जारी रहेको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी रजिष्ट्रार कार्यालयको छानबिन प्रतिवेदन प्राप्त हुनासाथ सहकारीका अध्यक्षसहित कार्यसमितिका अन्य व्यक्तिहरुलाई पनि धमाधम पक्राउ गरिरहेको छ । साथै बचतकर्ताहरुलाई उजुरी गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले सूचना नै निकालेको छ ।

    images
    images
    images

    सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखराको पत्र साथ कागजातहरु मंगलबार प्राप्त भएको र अनुसन्धानका क्रममा रहेको भन्दै कासकी प्रहरीले सूचना निकालेको हो ।

    images
    images

    उक्त सहकारी संस्थामा बचतकर्ता रही सहकारीबाट बचत तथा शेयर रकम फिर्ता नपाएका पीडित व्यक्तिहरुले सहकारीमा रकम जम्मा गरेको आधार देखिने शेयरधनी प्रमाणपत्र, पासबुक, भौंचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्र लगायतको प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकता समेतको परिचय खुल्ने कागज सहित कानून बमोजिम सहकारी ठगी शीर्षकमा जाहेरी दरखास्त लिएर कास्की प्रहरीमा सम्पर्क गर्न प्रहरीले भनेको छ । अगामी २० जेठ भित्र उजुरी दिइसक्न कास्की प्रहरीले समय तोकेको छ ।

    सहकारी रजिष्टारको कार्यालय गण्डकीका प्रवक्ता इश्वरी ढकालका अनुसार गण्डकी प्रदेश अन्तर्गतका विभिन्न ८वटा सहकारीले बचतकर्ताको २ अर्ब ३८ करोड रुपैयाँ भन्दा धेरै हिनामिना गरेको पुष्टि भएको र प्रइमबहु उद्देश्यीय सहकारीको पनि छानविन प्रक्रिया आफूहरुले सकेर प्रहरीलाई बुझाएको जानकारी दिइन् ।

    थप अनुसन्धान अब प्रहरीले गर्ने उनको भनाई छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सहकारी समस्याग्रस्त
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।