देवदह । बैज्ञानिक महाबीर पुन आज देवदह आउने भएका छन् । आज ४ बजेसम्म बुटवलको हिलपार्क क्षेत्रमा पुस्तक विक्री गरेर साँझ ७ बजे देवदह आइपुग्ने उनले जनाएका छन् ।
सामाजिक संजाल फेसबूकमा लेख्दै बैज्ञानिक पुनले किताब किन्न चाहेको तर विवध कारणले छुटेकालाई अन्तिम मौका भएको जनाएका छन् ।
रूपन्देहीको कन्चन, सैनामैना र गैडहवा लगायतका पालिकामा किताब बेचिसकेका पुनले देवदहमा पनि आफ्नै हातले पाठकलाई पुस्तक विक्री गर्न लागेका हुन् ।
कृषि औजार कारखाना सञ्चालन गर्न आफ्नै पुस्तक बेचेर उनले सहयोग जुटाउँदै आएका छन् ।