Logo

२०८३, आश्विन १०गते


images
images

निर्मल लामाको स्मृति दिवस मनाईयो

निर्मल लामाको स्मृति दिवस मनाईयो

images
  • सेतोमसी सहकर्मी
  • निर्मल लामाको स्मृति दिवस मनाईयो
    images
    images

    बुटवल  ।  कम्युनिष्ट नेता निर्मल लामाको २४ औं स्मृति दिवस विहीबार बुटवलमा मनाईएको छ । निर्मल लामा स्मृति प्रतिष्ठान रुपन्देही शाखाले एक कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाएको हो ।

    images
    images
    images

    स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटि सदस्य हकिकुल्ला खाँ ले निर्मल लामा जस्ता वर्गीय आन्दोलनका अगुवाबाट मात्र समाज परिवर्तन हुन सक्ने उल्लेख गरे ।

    images
    images
    images

     वर्ग संघर्षबिना समाज रुपान्तरण र वैज्ञानिक समाजवादसम्म पुग्न नसकिने खाँले बताए । समाजवादसम्म पुग्न मौखिक आदर्शले मात्र नहुने भन्दै उनले साँच्चै ब्यवहारमै कम्युनिष्ट नेता बनेर बर्गिय आन्दोलनमा लाग्ने कुरा कठिन भएको उनको भनाई थियो । 

    images
    images
    images

    कम्युनिष्ट पार्टीले बर्गियतालाई कहिल्यै भुल्न नहुने उनले उल्लेख गरे । निर्मल लामा जस्ता सहिदहरुकै योगदानले देश रुपान्त्रण भएको भन्दै लामाप्रति श्रद्धासुमन ब्यक्त गरे ।
    माओवादी केन्द्रका केन्द्रीय सदस्य बामदेव क्षेत्रीले निर्मल लामा कम्युनिष्ट आन्दोलनका धरोहर रहेको भन्दै उनको आदर्शलाई कप्युनिष्टहरुले पालना गर्नुपर्ने उल्लेख गरे ।

     पत्रकार यानेन्द्र जीसीले जीवन्त परिचय राख्न सक्ने योद्धाहरुको सधै नाम उच्च रहने बताए ।
    प्रतिष्ठानका उपाध्यक्ष सोमनाथ शर्मा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा कम्युनिष्ट अगुवाहरु प्रमे सुवेदी, लालबहादुर थापा, मनोज राना लगायतले बोल्दै स्वर्गीय लामाको योगदानको चर्चा गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्मल लामा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।