Logo

२०८३, कार्तिक २७गते


images
images

पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु

पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
    प्रतीकात्मक तस्वीर
    images

    राजेश पराजुली, पोखरा । पोखरामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ। पोखरा महानगरपालिका -१८ खपौदी स्थित हर्पन खोलामा डुबेर पोखरा -५ मालेपाटन बस्ने अन्दाजी १४-१५ वर्षीय बालक सोनाम सुवेदीको ज्यान गएको हो।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सोनम डुबेर बेपत्ता भएलगत्तै उनीसँगै पौडी खेल्न गएका अर्का बालकले स्थानीय मार्फत प्रहरीलाई जानकारी गराएका थिए।

    images
    images
    images

    घटनाको जानकारी लगत्तै दिउँसो १ :३० बजे सशस्त्र प्रहरी बल २४ नंवर कालिका गणबाट खटिएको विपद उद्धार एवं गोताखोर टोलीले खोज तथा उद्धारको क्रममा २:२० बजे बालकको मृत शव प्राप्त गरेको कालिका गणका गणपति एसपी अरुण पौडेल शर्माले जानकारी दिए।

    images
    images

    हाल घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डुबेर मृत्यु
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।