देवदह । मगर मुक्ति मोर्चा, नेपाल देवदहको प्रथम नगर भेला बुधबार सम्पन्न भएको छ । देवदहस्थित सहिद स्मृति प्रतिष्ठानको सभाहलमा भएको भेलाले धनराज कुवरको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा हिला बलाल, सचीवमा शर्मिला थापा, सह सचीवमा रमेश थापा, कोषाध्यक्षमा योगेश सिंजाली र सदस्यहरुमा दिपक थापा, कमल सारु, गङ्गा बहादुर पुर्जा, टेक बहादुर गाहा, खड्क बहादुर राना, धन बहादुर खाम्चा र जैसरा राना लगायत रहेका छन् ।
मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सचीव मनोज थापामगरको प्रमुख आतिथ्यता, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य गोबिन्द पङ्गेनी, मोतिलाल ढकाल, मोर्चाका लुम्बिनी प्रदेश कोषाध्यक्ष एवं रुपन्देही जिल्लाका फ्याक्सन इन्चार्ज लाल बहादुर थापा, मोर्चाका रुपन्देही जिल्ला संयोजक दान बहादुर थापा, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष गोबिन्द ठडराई लगायतको उपस्थितिमा भेला सम्पन्न भएको छ ।
भेला मोर्चाका देवदह संयोजक केशर बहादुर पुनको अध्यक्षता र भबिलाल थापाको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology