कृष्ण अन्जान, रिडी । नेपाल सरकारले सन्चलन गरेकाे कार्यक्रम रुरुक्षेत्र गाउँ पालिका गुल्मीमा प्रभावकारी सावित भएकाे छ ।
रिडी बजारकाे रुरु स्वास्थ्य केन्द्रमा पुग्दा रुरुक्षेत्र गाउँपालिका ३ का सत्तरी वर्षिय नित्यानन्द ज्ञवाली गएकाे असारमा गरिएकाे स्वस्थ्य विमाकाे कार्ड लिएर उपचारका लागि टिकट काट्नु भयाे चेक जाँच भयाे । भिडीयाे एक्सरे गरियाे र औषधि दिइयाे । तर उपचारको सामान्य शुल्क पनि लागेन ।
छाेरिले विमा गरिदिएकी थिइन् - "औषधिमुलाे भिडियाे एक्सरे निशुल्क भयाे दवाइ पनि पाएँ । याे दवाइले नभए याे विमा कार्ड पाल्पाकाे मिसन अस्पताल गए पनि हुन्छ । प्रवासकाे लुम्बिनी मेडिकल कलेजमा पनि निशुल्क उपचार हुने डाक्टरले भन्नु भएकाे छ।" नित्यानन्द ज्ञवालीले भन्नुभयाे ।
नित्यानन्द ज्ञवाली जस्तै धेरै स्वास्थ विमा गर्नेहरु हातमा कार्ड बाेकेर रुरु स्वास्थ्य केन्द्रमा आएकाे भेटिन्थे । कसैले आफैले गरेकाे स्वास्थ विमाकाे कार्ड बाेकेर आएकाे भेटिए भने काेहि घरमुलिकाे स्वास्थ्य विमाकाे नम्बर भिडाउँदै उपचारकाे पर्चि काट्ने तयारीमा थिए ।
दैनिक ५० / १०० काे सँख्यामा स्वास्थ विमा गरेका सर्वसाधारणहरु रुरुस्वस्थ्य केन्द्रमा आउने गरेकाे त्यहाँ कार्यरत डाक्टर विकास पन्थीकाे भनाइ छ ।
बृद्धअबश्थाका बा आमा देखि वयस्क नावालिग शारिरिक अपाँगता भएका समुदायका सवै सर्वसाधारण स्वास्थ विमाकाे कार्ड बाेकेर आउनु हुन्छ र निशुल्क उपचार गरेर जानू हुन्छ । यहाँ उपचार सम्भव भए सम्म यहिँ उपचार हुन्छ नभए अन्यत्र जान सल्लाह दिन्छौँ स्वास्थ प्राविधिक गौतमले बताउनु भयाे ।
आफुले गरिरहेकाे स्वास्थ्य विमाले विमीतहरु पुर्ण लाभान्वित भएकाेमा स्वास्थ्य विमा अभिकर्ताहरु पनि सन्तुष्ट देखिएका छन ।
गुल्मीमा स्वास्थ विमा शुरु भएपछि विमा अभिकर्ता बनेर सयौँकाे स्वास्थ विमा गरिसकेका रुरुक्षेत्र ३ का राजेन्द्र ज्ञवालीले स्वास्थ विमाकाे प्रभावकारीता अत्यधिक भएकाे प्रतिक्रिया दिनुभयाे ।
शुरुमा उत्प्रेरित गर्न अलि गाराे भएपनि आजभाेलि त घरै बाेलाएर स्वास्थ विमा गराउनेहरु बढेकाे ज्ञवालीकाे भनाइ छ । जनताकाे समग्र स्वास्थ स्थितीमा सुधार ल्याउने दिर्घकालिन लक्षले राष्ट्रिय स्वास्थ विमा नीति लागू भएकाे हाे ।
पाँच जनासम्मकाे परिवारलाइ तीन हजार पाँच सय र त्यस भन्दा माथिका सदस्य लाई थप सात सय लिएर एक वर्षका लागि एकलाख सम्मकाे विमा हुने गरेकाे छ ।
यसै गरि अती गरिव अती असक्त एच आइ भि सँक्रमित र कुष्ठ राेगिलाइ परिचय पत्रकाे आधारमा विमा शुल्कमा एक सय प्रतिशत छुटकाे व्यवस्था छ ।
स्वास्थ विमा कार्यक्रममा सत्तरी वर्ष पूरा गरेका नागरिकका लागि विमाशुल्क सरकारले तिरिदिने व्यवस्था गरेकाे छ ।
जीवन निर्वाहका लागि सामाजिक शुरक्षा भत्ता र उपचारका लागि स्वास्थ विमाकाे व्यवस्थाले सरकार नागरिकका आधारभुत आवस्यक्ता र शुरक्षा सँगै बृद्द बृद्दाकाे सम्मान कुनै कसर बाँकि नराखेकाे यिनै कार्यक्रमले प्रामाणित भएकाे छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology