Logo

२०८३, कार्तिक २७गते


images
images

सर्वोच्चद्वारा गण्डकी सरकार गठनविरुद्धको रिट खारेज

सर्वोच्चद्वारा गण्डकी सरकार गठनविरुद्धको रिट खारेज

images
  • सेतोमसी सहकर्मी
  • सर्वोच्चद्वारा गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
    images

    काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी सरकार गठनविरुद्ध परेको रिट खारेज गरेको छ। सोमबार न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले उक्त रिट खारेज गरेको हो। 

    images
    images
    images

    कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले खगराज अधिकारी मुख्यमन्त्री नियुक्त हुँदा सभामुखको समेत मत लिएको आरोपसहित आफ्नो नेतृत्वमा सरकार गठनको आदेश माग गर्दै रिट दायर गरेका थिए।

    images
    images
    images

    सर्वोच्चले उक्त रिट नै खारेज गरेपछि अब मुख्यमन्त्री खगराज अधिकारीलाई सरकार विस्तार गर्न र विश्वासको मत लिन बाटो खुला भएको छ। 

    images
    images

    गत २०८० चैत २५ मा एमाले संसदीय दलका नेता खगराज अधिकारीले एमाले, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवार दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री दावी पेश गरेका थिए। 

    प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेपछि कांग्रेस नेता पाण्डेले माओवादी संसदीय दलभित्र सांसदको गणना गर्दा सभामुख कृष्ण धितालको पनि मत गणना संविधान विपरीत भएको भन्दै रिट दर्ता गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गण्डकी सरकार
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।