Logo

२०८३, कार्तिक २७गते


images
images

पोखरामा मितिनी नेपालले मनायो समलैंगिक दृश्यता दिवस

पोखरामा मितिनी नेपालले मनायो समलैंगिक दृश्यता दिवस

images
  • सेतोमसी सहकर्मी
  • पोखरामा मितिनी नेपालले मनायो समलैंगिक दृश्यता दिवस
    images

    राजेश पराजुली पोखरा । पोखरा ।पोखरामा समलैंगिक दृश्यता दिवस मनाइएको छ । मितिनी नेपालको आयोजनामा गण्डकी प्रदेशको पोखरामा दिवसको अवसरमा र्यालीको आयोजना गरिएको हो ।

    images
    images
    images

    र्याली पोखराको लेकसाईड स्ट्रिट–२ बाट सुरु भई वाराही चोकमा कोणसभामा परिणत भएको थियो । र्यालीमा विभिन्न प्रदेशका समलिङ्गी, द्धयलिंगी र क्वेर महिलाहरूका साथै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको उपस्थिति थियो ।

    images
    images
    images

    Lesbian Rights are Human Rights  ‘समलिङ्गी महिला पर्खँदैन, अधिकार नलिई फर्कँदैन,’ समलिङ्गी महिलामाथि हुने हिंसा अन्त्य गरौँ,  ‘Love has no gender, Love is Love,’जस्ता नाराहरू लगाइएको थियो ।

    images
    images

    र्यालीलाई सम्बोधन गर्दै समलिङ्गी ज्येष्ठ महिला सुकमाया मगर र समुदायबाट कुसुम सुनुवार र कविता तामाङले समलिङ्गी महिला पनि महिला भित्रको विविधता भएको बताउँदै समलिङ्गी महिलाको पहिचान, प्रतिनिधित्व र पहुँचका लागि राज्यले विशेष सम्बोधन गर्नुपर्ने बताएका थिए ।

    पोखरा महानगरपालिका, सामाजिक विकास शाखाकी विष्णुमाया पौडेलले राज्यको हरेक निकायमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको पनि समानुपातिक प्रतिनिधित्व हुनुपर्ने बताइन् । आगामी नीति तथा कार्यक्रमहरू बनाउँदा, बजेट विनियोजनमा समुदायको सुझाव र सहयोग आवश्यक रहेको बताइन् ।

    राष्ट्रिय मानवअधिकार आयोगका मानव अधिकार अधिकृत खिमलाल सुवेदीले समुदायको मानव अधिकारको संरक्षण र संवर्द्धनका लागि आयोग सदैव तयार रहेको बताए ।

    मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानले समुदायले विभिन्न किसिमको उत्सव मनाई रहँदा समलैंगिक दृश्यता दिवसले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मितिनी नेपाल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।