Logo

२०८३, कार्तिक २७गते


images
images

विश्वभर खाद्य सुरक्षाको अवस्था बिग्रँदै, २८ करोड २० लाख मानिसमा भोकमरी

विश्वभर खाद्य सुरक्षाको अवस्था बिग्रँदै, २८ करोड २० लाख मानिसमा भोकमरी

images
  • सेतोमसी सहकर्मी
  • विश्वभर खाद्य सुरक्षाको अवस्था बिग्रँदै, २८ करोड २० लाख मानिसमा भोकमरी
    images

    काठमाडौं । विश्वभर २८ करोड २० लाख मानिस भोकमरीमा परेको रिपोर्ट सार्वजनिक भएको छ। संयुक्त राष्ट्रसङ्घले निकालेको ‘ग्लोबल रिपोर्ट अन फुड क्राइसिस’का अनुसार सन् २०२३ मा संसारभर यति मानिसले भोकमरीको सामना गर्नु परेको जनाइएको हो।

    images
    images
    images

    ‘ग्लोबल रिपोर्ट अन फुड क्राइसिस’का अनुसार २०२२ मा २.४ करोडभन्दा बढी मानिसहरूले खाद्यान्नको तीव्र अभावको सामना गर्नुपरेको पनि जनाइएको छ। जसका कारण गाजा पट्टी र सुडानमा खाद्य सुरक्षाको अवस्था बिग्रँदै गएको छ।

    images
    images
    images

    राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनका प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले अन्तर्राष्ट्रिय विज्ञहरूले भोकमरीको मापन तय गरेकोमा पाँच देशका ७ लाख ५ हजार मानिस पाँचौं चरणमा रहेको र यो उच्चतम् स्तर मानिएको बताएका छन्।

    images
    images

    संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठनका प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले सन् २०१६ मा विश्वव्यापी प्रतिवेदन सार्वजनिक गरेयता भोकमरीबाट पीडित व्यक्तिको यो सबैभन्दा बढी संख्या भएको बताए।

    संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार दक्षिण सुडान, बुर्किना फासो, सोमालिया र मालीमा हजारौं मानिस भोकमरीबाट पीडित छन् । प्रतिवेदनमा भविष्यको परिदृश्यले गाजामा ११ लाख र दक्षिण सुडानमा ७९ हजार मानिस जुलाईसम्म पाँचौं चरणमा पुग्न सक्ने अनुमान गरेको छ। 

    यससँगै भोकमरीको सामना गर्न बाध्य हुने चरण पनि सुरु हुन सक्छ। साथै सन् २०१६ मा रेकर्ड गरिएको सङ्ख्याको तुलनामा यो चार गुणा बढेको छ। अर्थशास्त्रीले गम्भीर भोकमरीको सामना गरिरहेका ८० प्रतिशत अर्थात् ५ लाख ७७ हजार गाजामा मात्रै रहेको बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वभर खाद्य सुरक्षा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।