Logo

२०८३, कार्तिक २७गते


images
images

फेवातालमा डुंगा दुर्घटना

फेवातालमा डुंगा दुर्घटना

images
  • सेतोमसी सहकर्मी
  • फेवातालमा डुंगा दुर्घटना
    images

    राजेश पराजुली, पोखरा । फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनालाई सशस्त्र प्रहरीको फेवाताल किनाराको उद्धार टोली सकुशल उद्धार गरेको छ । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेको थियो ।

    images
    images
    images

    अचानक आएको हावाहुरीको कारण डुंगा पल्टिदा काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने ३० वर्षीय विक्रम मिकरानी, २६ वर्षीया आशिफा भानु, ५४ वर्षीया अनैजा दिल शाह, ८ वर्षीया रजिना खातुन र करिब डेढ वर्षीया मिरा रानी थिए ।

    images
    images
    images

    उनीहरु फेवातालमा रहेको माछापालन केन्द्रको जालमा अड्किएको अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको हो ।फेवाताल रेस्क्यु वाच टावरमा खटिएका विपद् व्यवस्थापनको टोलीले उनीहरूलाई सकुशल उद्धार गरेको हो ।

    images
    images

    उनीहरूको अवस्था सामान्य रहेको छ । यसअघि चैत २५ र २९ गते पनि फेवातालमा हावाहुरीका कारण डुंगा पल्टिएको थियो । त्यतिबेला पनि सशस्त्र प्रहरीले एक महिला र पुरूषलाई सकुशल उद्धार गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डुंगा दुर्घटना
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।