देवदह । नेकपा (माओवादी केन्द्र) देवदह नगर कमिटीले ४५ दिने संगठन सुदृढीकरण अभियान सुरु गरेको छ । मंगलबार एक कार्यक्रमबीच पार्टीका रूपन्देही जिल्ला इञ्चार्ज वामदेव क्षेत्रीले अभियानको उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै नेता क्षेत्रीले माओवादीहरुका लागि असम्भव भन्ने चिज नभएको बताए । दुनियाले असम्भव भनेको गणतन्त्र, धर्मनिरपेक्षता र अधिकार सम्पन्न तीन तहको सरकारको परिकल्पना माओवादीले गरेको र त्यो सम्भव माओवादीले बनाएको उल्लेख गर्दै उनले पार्टीलाई २०६४ कै अवस्थामा पुर्याउन सबैले प्रयत्न गर्नुपर्नेमा जोड दिए ।
पार्टीका सबै कार्यकर्ताहरूले संगठन निर्माणमा जोड गरे, पार्टीलाई २०६४ कै अवस्थामा पुर्याउन सकिने र त्यो सम्भव रहेको बताउदै नेता क्षेत्रीले देशको आमुल परिवर्तन गर्ने शक्ति माओवादी भएकाले जनताले प्रधानमन्त्री प्रचण्डबाट धेरै आशा र भरोसा गरेको जिकिर गरे ।
कार्यक्रममा बोल्दै पार्टीका रुपन्देही क्षेत्र नम्बर १ का इन्चार्ज मक्सुद अलीले स्थानीय सरकारमा पार्टीको दह्रो उपस्थिती नभए पनि केन्द्र र प्रदेशमा पार्टीकै नेतृत्वमा सरकार भएको हुनाले नगर विकासका योजनामा समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
पार्टी नगर कमिटी अध्यक्ष गोबिन्द ठडराईको अध्यक्षतामा भएको कार्यक्रममा नगर सहसचिव प्रेमकला ढकालको संचालन रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology