बुटवल । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले लुम्बिनी प्रदेशमा १० हजार सदस्यता वितरण गर्ने भएको छ । मंगलबार बुटवलमा सम्पन्न पार्टीको प्रदेश अधिवेशन आयोजक समितिको बैठकले अधिवेशनको तयारीमा जुट्ने र १० हजार सदस्यता वितरण गर्ने निर्णय गरेको हो ।
पार्टी अध्यक्ष डा. भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले प्रदेश कार्यालय र सचिवालय निर्माण गर्ने, पार्टीको रुपन्देही संयोजकमा शोभाकान्त नेपाल लाइ नियुक्त गर्ने र प्रदेशका १२ वटै जिल्ला र सबै पालिकामा पार्टीको भेला र सम्मेलन गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य विमल गिरीले जानकारी दिए ।
बैठकले पार्टीका आंगिक संघसंगठनकाको जिम्मेवारी केन्द्रीय सदस्य बिमल गिरिलाई दिने निर्णयसमेत जनाईएको छ ।
पार्टी बैठकमा बोल्दै अध्यक्ष भट्टराईले बैकल्पिक शक्तिको झन ट्ड्कारो बन्दै आएको बताए । नयाँ भन्दै आएकाको पतन सुरुवात भएको उल्लेख गर्दै उनले पुराना सुध्रने छाट नदेखिएले जनतामा जान कार्यकर्तालाई निर्देशन दिए ।
बैठकमा पार्टी नेताहरू हिसिला यमी, विष्णुहरी शर्मा, कमल खनाल लगायतको उपस्थिति थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology