राजेश पराजुली, पोखरा । पोखरा ३ नदिपुरमा रहेको साँस्कृतिक सम्पदा धर्मशीला बुद्ध बिहारको भवन भत्काइएको छ । शनिबार यो भवन नयाँ बनाउने उद्देश्यले भत्काएको जनाएको छ ।
वि स १९९७ सालमा बनाइएको यो बिहार कुनै बेला लोभलाग्दो मनमोहक र सुन्दर थियो । अहिले पनि मनमोहक भएपनि भत्काइएको छ । पोखरामा २००६ साल चैत्रमा भएको भिषण आगोलागिका बेला पनि जोगियको यो घर पोखराको पुरानो ठूलो घरका रुपमा चिनिने गरेको पोखराका रविन्द्र माकाजुले बताए ।
यो बिहारको अर्को बिशेषता भने धर्मशीला गुरुमाले पोखरामा बस्नका लागि कुनै बिहार नहुदा भारतको बौद्ध तीर्थस्थल जाने भने पछि उनका चेली धर्मनदी कायस्थले गुरुमा भारत नजानुस बरु म हजुरका लागि एउटा बिहार बनाइदिन्छु भनेर बनाएको माकाजुले बताए । उनका अनुसार यो कुरा त्यहाँ रहेको शिलालेखबाट थाहा हुने बताए ।
यसै ठाँउमा नेपाली शैली झल्किने अर्को बिहार बनाउने तयारी भएको जनाएको छ ।