बुटवल । पुर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको स्वकीय सचिवको रूपमा लामो समय काम गरेका युवा नेता विश्वदीप पाण्डे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको युवा तथा सामाजिक विकासविज्ञमा नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले पाण्डेलाई सामाजिक विकासविज्ञमा नियुक्त गरेको हो ।
जनयुद्धकालदेखि नै डा. भट्टराईको नजिक रहेर काम गरेका पाण्डे भट्टराईले माओवादी छाडेर नयाँ शक्ति पार्टी घोषणा गर्दा उनीसँगै गएका थिए ।
नेसपाको केन्द्रीय राजनीतिक समिति सदस्य रहेका पाण्डे वैशाख ३ गते माओवादीमा फर्किएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology