Logo

२०८३, कार्तिक २७गते


images
images

सल्यान बस दुर्घटना अपडेट : गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो

सल्यान बस दुर्घटना अपडेट : गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो

images
  • सेतोमसी सहकर्मी
  • सल्यान बस दुर्घटना अपडेट : गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो
    images

    दाङ । सल्यानमा बुधबार बिहान भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये चार जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ ।

    images
    images
    images

    इलाका प्रहरी कार्यालय सल्यान, थारमारेका प्रहरी निरीक्षक नवीन थापा मगरले दिएको जानकारीअनुसार तुलसीपुर उपमहानगरपालिका–४ का ४६ वर्षीय विष्णु विक, रुकुम त्रिवेणी गाउँपालिका–२ का २२ वर्षीया चित्रा पुन, उनका ६ वर्षीय छोरा रमेश पुन र तुलसीपुर–१९ बिजौरीका २९ वर्षीय कृष्ण चौधरीलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको हो ।

    images
    images
    images

    चारै जनालाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि रेफर गरिएको प्रहरी निरीक्षक मगरले जानकारी दिए । उनका अनुसार अन्य १० जना घाइतेको थारमारे प्राथमिक स्वास्थ्य केन्द्र तथा स्थानीय पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

    images
    images

    दाङको घोराहीबाट पूर्वी रुकुमतर्फ गइरहेको यात्रुवाहक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाङ खोलामा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी २२ जना यात्रु घाइते भएका थिए । ८ जना सामान्य उपचारपछि घर फर्किएका छन् ।


    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सल्यान बस दुर्घटना
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।