Logo

२०८३, कार्तिक २७गते


images
images

दाङमा मिडिया महोत्सव हुँदै

दाङमा मिडिया महोत्सव हुँदै

images
  • सेतोमसी सहकर्मी
  • दाङमा मिडिया महोत्सव हुँदै
    images

    दाङ । दाङमा भोलिदेखि मिडिया महोत्सवको आयोजना गरिएको छ । पत्रकार महासङ्घ दाङको आयोजनामा घोराहीमा आयोजित यस महोत्सवमा पत्रकारिता, मिडिया र विविध सञ्चार सेवाका विषयमा बहस तथा छलफल हुने बताइएको छ ।

    images
    images
    images

    यस कार्यक्रममा मिडियासम्बन्धी सरोकारवाला व्यक्ति तथा निकायको सहभागिता रहने जनाइएको छ । मिडिया क्षेत्रका विज्ञ तथा वरिष्ठ पत्रकारहरू, मिडियाका अनुसन्धानदाता तथा जनप्रतिनिधिहरूको सो सम्मेलनमा सहभागिता रहने आयोजकले जनाएका छन् ।

    images
    images
    images

    दुई दिनसम्म सञ्चालन हुने यस महोत्सवको तयारी पूरा भएको पत्रकार महासङ्घ दाङका अध्यक्ष दुर्गालाल केसीले जानकारी दिए । यस महोत्सवको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गर्ने कार्यक्रम रहेको छ ।

    images
    images

    यस महोत्सवमा सङ्घीयता, विकास र मिडिया, मिडियाको सामथ्र्य र भविष्य, नैतिकताको कसीमा मिडिया, मिडियामा समावेशी सवाल, हिजो र आजका मिडियालगायतका विषयमा बहस तथा छलफल हुनेछ ।

    कोरोना महामारीपछि उत्पन्न आर्थिक समस्या र यसबाट मिडियामा परेको प्रभाव एवं नेपालमा छापा तथा डिजिटल मिडियाको भविष्यका बारेमा पनि सम्बद्ध विज्ञहरूले आवश्यक छलफल गरी निष्कर्ष निकाल्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।

    त्यसैगरी यसै महोत्सवकै अवसर पारेर नेपाल सरकार, सूचना तथा प्रसारण विभागले दिने सबै सेवाहरूका साथै नेपाल टेलिकमले सिमकार्डलगायतका आफ्ना सेवा प्रदान गर्ने कार्यक्रम रहेको पनि आयोजकले जनाएका छन् ।

    दाङ जिल्लामा पहिलोपटक हुन लागेको यस मिडिया महोत्सवलाई अवसरका रूपमा लिन र यसबाट आफ्ना क्षेत्र र विषयमा लाभ लिन नेपाल पत्रकार महासङ्घ दाङले सम्पूर्ण सरोकारवाला निकायलाई अनुरोध पनि गरेको छ । रासस

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मिडिया महोत्सव
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।