Logo

२०८३, कार्तिक २७गते


images
images

पोखरामा भीषण आगलागी, डेढ करोडको च्याउ नष्ट

पोखरामा भीषण आगलागी, डेढ करोडको च्याउ नष्ट

images
  • सेतोमसी सहकर्मी
  • पोखरामा भीषण आगलागी, डेढ करोडको च्याउ नष्ट
    images

    राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिका वडा ३२ लामेआहालस्थित ल्याण्डफिल्ड साइटमा आज दिउँसो भीषण आगलागी भएको छ ।

    images
    images
    images

    आगलागीका कारण नजिकै रहेको च्याउ फार्ममा करिब डेढ करोडको क्षति भएको फार्म सञ्चालक मनोरञ्जन पौडेलले जानकारी दिए ।

    images
    images
    images

    च्याउ, टहरा र च्याउखेतीका लागि आवश्यक पर्ने सामग्री आगलागीले जलेर नष्ट भएको उनले बताए । पौडेलले २०६८ देखि करिब १० रोपनी क्षेत्रफलमा च्याउ खेती गर्दै आएका थिए ।

    images
    images

    आगलागी दिउँसो ४ बजेदेखि सुरु भएको थियो । करिब दुई घण्टाको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।

    आगो निभाउन महानगरपालिकाको दुई दमकल प्रयोग गरिएको थियो । आगो नियन्त्रण गर्न स्थानी, वडा प्रहरी कार्यालय पावरहाउस, डाँडाको नाक प्रहरी चौकी, सशस्त्र प्रहरी खटिएका थिए ।

    ल्यान्डफिल्ड साइडका प्लाष्टिकजन्य सामग्रीमा आगो लागेका कारण वरपरको वातावरण प्रदूषित बनेको स्थानीयले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भीषण आगलागी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।