बुटवल । जनसांस्कृतिक महासंघ नेपाल, लुम्बिनी प्रदेश अध्यक्षमा कविराज पौडेल चयन भएका छन् । आइतबार सम्पन्न महासंघको दोस्रो प्रदेश अधिवेशनले पौडेलको अध्यक्षतामा १७ सदस्यीय समिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा शशिराम कार्की र बालकृष्ण भलामी, सचिवमा लेखा अधिकारी, सह-सचिवमा उत्रिचन हरिजन र काेषाध्क्षमा जमुना बिक. रहेका छन् । 
अधिवेशनले महासंघको आंगिक संगठनतर्फ बालकृण भलामी संयोजक र पुर्णिमा जिसी सहसंयोजक रहेको पाँच सदस्यीय जनकलाकार संघ गठन गरेको महासंघका नवनिर्वाचित अध्यक्ष पौडेलले जानकारी दिए । त्यसैगरी लेखक संघतर्फ गोबिन्द खड्काको अध्यक्षतामा समिति चयन भएको जनाईएको छ ।
अधिवेशनको उद्घाटन समारोहमा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका उपाध्यक्ष लुमाकान्त न्यौपाने, सचिव कृष्ण अधिकारी, जनसांस्कृतिक महासङ्घ, नेपालका कार्यबाहक अध्यक्ष भिम कुमाखी उपाध्यक्षहरू कर्ण विद्रोही, प्रगति महरा, सुदिन चौधरी, महासचिव सुवर्ण हमाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा 'जनवादी' गायक कर्ण विद्राेही तथा माेहित श्रेष्ठलाई सम्मान गरेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology