Logo

२०८३, श्रावण २७गते


images
images

व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी

व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी

images
  • सेतोमसी सहकर्मी
  • व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी
    images
    images

    कैलाली । पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गरेकी छन्। व्यावसायिक च्याउखेतीमा लागेकी चौधरीले गाउँमा नमुना किसानको परिचय बनाएकी छन्।

    images
    images
    images

    विसं २०७६ मा सुरु गरेको च्याउखेतीले चाैधरीलाई सफल किसान बनाएको छ। उनले व्यवसायलाई बढाउँदै लगेकी छन्। ‘मैले सिजनअनुसार छ किसिमका च्याउको खेती गर्दै आएकी छु, बेमौसममा उत्पादन भएको च्याउले बजारको मागलाई पूरा गर्न सकिएको छैन। उत्पादन भएको च्याउ बिक्रीका लागि बजार पुग्नै पर्दैन। घरबाटै सबै बिक्री हुन्छ,’ उनी भन्छिन्।

    images
    images
    images

    चौधरीले हिउँदमा कन्यालगायत प्रजातिको च्याउ उत्पादन गर्दै आएकी छन्। गर्मीमा ब्लुक्याप, पिंकी च्याउ उत्पादन गर्दै आएकी उनले बर्खामा दुधेच्याउ लगाउँदै आएकी छन्। लगानीका हिसाबले तेब्बरभन्दा बढी आम्दानी लिन सकिने व्यवसायबाट वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको उनी बताउँछिन्।

    images
    images
    images

    ‘लगानीको तुलनामा आम्दानी अधिक छ। त्यसैले व्यवसाय विस्तार गरेकी छु,’चाैधरी भन्छिन्, ‘परिवारका अन्य सदस्यलाई पनि व्यवसायमा जोडेर काम गरिरहेको छु।’

    उनले च्याउखेतीमात्रै नभई बेमौसमी तरकारीखेती र तरकारीको बेर्ना पनि उत्पादन गर्दै आएकी छन्। अहिले उनको तरकारी बारीमा बेमौसमी तरकारी उत्पादन भइरहेको छ।

    ‘च्याउखेतीबाट बचेको समय बेमौसमी तरकारीमा लगाउने गरेकी छु। तरकारीका बेर्नाबाट पनि प्रशस्त आम्दानी हुन्छ, तरकारी र तरकारीको बेर्नाबाट वार्षिक रु चारदेखि पाँच लाख आम्दानी हुन्छ,’ चाैधरीले भनिन्।

    राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइबाट बीउमा अनुदान पाउनुभएका उहाँलाई गाउँपालिकाले प्राविधिक सहयोग गर्दै आएको छ।

    जानकी गाउँपालिका- ४ कञ्चनपुरका श्रीराम कठरिया २०७२ सालदेखि च्याउखेतीमा छन्। उनले च्याउखेतीमा करिब रु ५० लाख लगानी गरिसकेका छन्।

    व्यवसायबाट अहिलेसम्म भएको आम्दानी उनले व्यवसाय वृद्धिमा नै लगाएका छन्। ‘मैले नौ वर्ष गरेको आम्दानी यही व्यवसायमा भएको लगानी हो। करिब रु ५० लाख लगानी भइसकेको छ, आजसम्म भएको आम्दानी लगानीमा सकियो। अबको आम्दानी बचतमा जान्छ,’ उनी भन्छन्।

    च्याउखेतीका लागि उनले एसी प्लान्ट जोडेका छन्। जहाँ एकैपटक एक हजारभन्दा बढी च्याउ राख्न मिल्छ। च्याउखेतीसँगै केरा, तरकारी र मकैखेती गर्दै आएका कठरिया अहिले सबै छाडेर च्याउ उत्पादनमा व्यस्त भएका छन्। उनले गाउँका अन्य युवालाई पनि व्यावसायिक खेतीका निम्ति प्रेरित गर्दै आएका छन्।

    जानकी गाउँपालिकाकै ममता चौधरीले स्नातक तहको अध्ययनसँगै च्याउखेती सुरु गरिन्। पढ्दै खेतीमा लागेकी उनलाई एन्जिल चौधरीले सिकाएकी थिइन्। साथीहरूबाट सिकेको ज्ञानसँगसँगै स्नातक तहको अध्ययन सकिन् भने व्यवसायलाई विस्तार गर्दै त्यसको निरन्तरतामा लागिन्।

    परिवारको दबाबले एक वर्ष कानुन पढ्न धनगढीमा बिताएकी ममतालाई व्यवसायबाट हुने गरेको मनग्य आम्दानीले धनगढीबाट घर फिर्ता गर्‍याे। उनी भन्छिन्, ‘अब स्नातकोत्तर गर्छु। व्यवसायलाई पनि निरन्तरता दिनेछु।’

    बाह्र महिना च्याउ उत्पादनमा लागेकी उनले ठूलो धनराशि लगानी गरेकी छैनिन्। यो वर्ष रु एक लाख लगानी गरेको उनको च्याउ खेतीबाट रु छ लाख आम्दानी भएको छ।

    ‘च्याउखेतीमा खासै लगानी छैन। त्यही प्लास्टिक र पराल हो चाहिने, पराल आफैंसँग हुन्छ प्लास्टिक किन्नुपर्छ। लगानीभन्दा आम्दानी तेब्बर छ,’ उनी भन्छिन्।

    उनको पाँचजना परिवारका पाँच जना च्याउखेतीमा नै व्यस्त छन्। रासस

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # च्याउखेती
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।