पोखरा । पोखराका आज बिहान बस दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका वडा नं. २८ को अर्चले आरुपाटाबाट पोखरातर्फ आउँदै गरेको बेगनास ताल बस व्यवसायी समिति अन्तर्गतको ग१ख ८६८० नं. को बस पल्टिएको हो ।
बस पल्टिएर पूरै ठाडो परेको छ । घाइते दुई जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । दुर्घटनाबारे विस्तृत विवरण आउँन बाँकी छ ।