देवदह । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अबको चुनावमा कुनै दलसंग चुनावी सहकार्य नगर्ने बताएका छन । नेपाली काँग्रेस चुनाव हार्न पनि तयार रहेको बताउँदै उनले चुनाव हारिएलाकि भनेर चुनाव अगाडि नै कुनैपनि दलसंग चुनावी एकता नगर्ने बताएका हुन ।
विगतमा कसैसंग मिलेर चुनाव नलडेको भए अहिले देशमा काँग्रेस र कम्युनिष्ट पार्टी मात्रै बाँकी रहने र साना दलको पसल बन्द भईसक्ने बताउँदै उनले त्यसो हुँदा मुलुक पनि सकारात्मक दिशामा अगाडि बढ्ने भएकोले अब काँग्रेसले त्यो गल्ती नदोहोर्याउने बताए ।
माओवादीतिर लक्षित गर्दै उनले कहिले काँग्रेसलाई देखाएर र कहिले एमालेलाई देखाएर साना दलले बार्गेनिङ गरिरहेकोले अब त्यो खेल समाप्त भएको तर्क गरे ।
अभियान अन्तरगत शुक्रबार रुपन्देहीको लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राज्ञिक अन्तरक्रिया हुने पार्टीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology