Logo

२०८३, कार्तिक २७गते


images
images

पर्यटकीय राजधानी पोखरामा होलीमा उत्साहित पर्यटक

पर्यटकीय राजधानी पोखरामा होलीमा उत्साहित पर्यटक

images
  • पर्यटकीय राजधानी पोखरामा होलीमा उत्साहित पर्यटक
    images

    राजेश पराजुली, पोखरा । देशकै पर्यटकीय राजधानी पोखरा घुम्न आएका विदेशी पर्यटकहरुले पनि रङहरुको पर्व ‘होली’ मनाएका छन् । पोखराको लेकसाइडमा आपसमा रङ दलेर शुभकामना साटासाट गर्दै पर्यटकहरुले होली मनाएका हुन् ।

    images
    images
    images

    कतिपय रेवान पोखराले आयोजना गरेको ‘होली’ महात्सवमा सहभागी भए भने कतिपयले आफ्नै तरिकाले होली मनाए । रेवानको कार्यक्रममा व्यवसायीहरुसँगै मिलेर होली खेल्नेहरुको पनि उल्लेख्य सहभागिता थियो । त्यस्तै, नेपालीहरुको समूहमा मिसिएर तथा पर्यटकहरु आफै पनि आपसमा रङ दलेर होली खेल्नेहरु लेकसाइडमा प्रशस्त भेटिए ।

    images
    images
    images

    होलीमा रमाएका युवाहरु र विदेशीहरु अविर लगाइदिँदै ‘हेप्पी होली’ भन्थे । विदेशी पर्यटकले नेपाली र नेपालीले लगाइदिएको अविर विदेशीले सहर्ष स्विकार्दै शुभकामना साटिरहेका देखियो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।