Logo

२०८३, कार्तिक २७गते


images
images

बुद्ध पव्लिकले गर्यो १२ कक्षाका विद्यार्थीलाई विदाई

बुद्ध पव्लिकले गर्यो १२ कक्षाका विद्यार्थीलाई विदाई

images
  • बुद्ध पव्लिकले गर्यो १२ कक्षाका विद्यार्थीलाई विदाई
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ५ मा अवस्थित देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई विदाई गरेको छ । शनिबार एक कार्यक्रमबीच कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुले माध्यामिक तह परिक्षाको तयारीमा बसेका विद्यार्थीहरुलाई विदाइ गरेका हुन् । 

    images
    images
    images

    विभिन्न सांस्कृतिक कार्यक्रमसंगै कक्षा ११ का विद्यार्थीले कक्षा १२ का विद्यार्थीहरुलाई खादा र मायाको चिनोले सम्मान गरेका थिए भने कक्षा १२ का विद्यार्थीहरुले आफुलाई अध्यापन गराउने शिक्षकलाई मायाको चिनो प्रदान गरेका थिए । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले विद्यार्थीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा अनुशासन रहेको बताए । उनले माध्यमिक तह परिक्षा सकिएपछि स्नातक तहमा आफुले रुची राखेको विषय लिएर पढ्न अनुरोध गरे । 
     
    कार्यक्रममा प्याब्सन देवदहका अध्यक्ष राम बहादुर गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकिसन अधिकारी, विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद गैरे लगायतले बोलेका थिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुद्ध पव्लिक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।