Logo

२०८३, आश्विन ९गते


images
images

थारु कल्याणकारिणी सभा देवदहको भवन शिलान्यास, थारु संग्रालय बनाइने

थारु कल्याणकारिणी सभा देवदहको भवन शिलान्यास, थारु संग्रालय बनाइने

images
  • थारु कल्याणकारिणी सभा देवदहको भवन शिलान्यास, थारु संग्रालय बनाइने
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिका–४, विजयपुरमा थारु कल्याणकारिणी सभा देवदह नगर समितिको भवन शिलान्यास गरिएको छ । शनिबार एक कार्यक्रमबीच लुम्बिनी प्रदेश सभा सदस्य निर्मलादेवी चौधरीले भवनको शिलान्यास गरेकी हुन् । 
     
    भवनको शिलान्यास गर्दै प्रदेश सांसद चौधरीले भाषा, संस्कार र संस्कृतिको संरक्षणले मात्र जातीय पहिचान स्थापित गर्ने बताइन्  । आफनो भाषा, संस्कार र संस्कृतिको बारेमा अबका नयाँ पिंढीलाई सिकाउन आवश्यक रहेको औल्याउदै उनले चेतनाको विकासले मात्र समृद्धि प्राप्त गर्न सकिने भएकोले यसको लागि थारुकल्याणकारिणी सभाले काम गर्नुपर्नेमा जोड दिइन् । 

    images
    images
    images

    भवनको लागि देवदह नगरपालिकाको ३ लाख र वडा कार्यालयको २ लाख गरी यस आर्थिक बर्षमा ५ लाख विनियोजन भएको उल्लेख गर्दै थारु कल्याणरिणी सभाका नगर अध्यक्ष  चौधरीले थारुले भवनलाई संग्रालयको रुपमा विकास गरिने बताए । 

    images
    images
    images

    कार्यक्रममा देवदह नगरपालिका वडा नं ४ का वडाअध्यक्ष दमननाथ रेग्मी, थारु कल्याणकारिणी सभा रुपन्देहीका अध्यक्ष कमलनारायण चौधरी, नेपाल आदिवासी जनजाति महासंघ देवदहका अध्यक्ष मिना श्रेष्ठ लगायतले विचार व्यक्त गरेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # थारु संग्रालय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।