Logo

२०८३, कार्तिक २७गते


images
images

अतिक्रमणको चपेटामा चुँदीखोला

अतिक्रमणको चपेटामा चुँदीखोला

images
  • सेतोमसी सहकर्मी
  • अतिक्रमणको चपेटामा चुँदीखोला
    images

     

    images
    images
    images

    दमौली ।  तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित चुँदीखोला अतिक्रमणको चपेटामा परेको छ । डुम्रे बजार नजिकै बगेको चुँदी खोलाको दायाँबायाँ अतिक्रमण गरी धमाधम संरचना निर्माण हुने क्रम बढेको छ । 

    images
    images
    images

    स्थानीयले दुवै तर्फबाट चुँदीखोला मिचेर साँघुरो बनाउँदै लगेका छन् । दशभन्दा  बढी घरका पिल्लर खोलाबाटै उठाइएको छ । स्थानीयले आफ्नो जग्गासँगै जोडिएको खोला क्षेत्रमा ग्याबिन र पक्की पर्खाल लगाउँदा अर्को क्षेत्रतिर कटानको जोखिम बढेको छ । फोहोर पानी र ढलसमेत खोलामा मिसाउँदा खोला प्रदूषित बन्दै गएको छ ।

    images
    images

    खोला किनारबाट बन्दीपुर गाउँपालिकातर्फ करिब १५ पक्की घर निर्माण गरी होटल तथा विभिन्न व्यवसाय सञ्चालन गरिएको छ । भानु नगरपालिकातर्फ पनि चुँदीखोला अतिक्रमण गर्ने क्रम बढेको छ । डुम्रेबजारतर्फ बजार विस्तार गर्ने ठाउँ सकिएपछि पारि भानु नगरपालिकातर्फ बस्ती विस्तार हुन थालेको छ । 

    चुँदी खोलाबाट मापदण्ड विपरित पुरानो पर्खालभन्दा करिब सात-आठ फिट खोलातर्फ पक्की पर्खाल निर्माण गरिएको छ । स्थानीय सूर्यकुमार श्रेष्ठले करिब तीन रोपनी  क्षेत्रफलमा चुँदी खोलाबाटै मापदण्ड विपरित पर्खाल लगाइरहेका छन् । 

    भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले सार्वजनिक जग्गा मिचिएको पाइए कारवाही गरिने बताए। सार्वजनिक जग्गामा घर नबनाउन गाउँपालिकाले पटक-पटक सूचना जारी गरे पनि अटेर गरी संरचना बनाउने क्रम नरोकिएको उनको भनाइ छ । रासस

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चुँदीखोला
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।