Logo

२०८३, कार्तिक २७गते


images
images

विद्यालय भवन निर्माणमा विदेशी श्रमदान

विद्यालय भवन निर्माणमा विदेशी श्रमदान

images
  • सेतोमसी सहकर्मी
  • विद्यालय भवन निर्माणमा विदेशी श्रमदान
    images

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा रहेको मंगल आधारभूत विद्यालयको भवन निर्माणका लागि विदेशी युवा–युवतीको टोली सोमबारदेखि श्रमदानमा जुटेका छन् । 

    images
    images
    images

    विल्डवन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने तीन कोठे विद्यालय भवन निर्माणका लागि केयर संस्थामा आबद्ध २२ विदेशी युवा–युवतीको टोली श्रमदानमा जुटेको हो । 

    images
    images
    images

    भवन निर्माणका लागि जग खन्ने, ढुंगा बोक्ने, बालुवा ओसार्ने र सिमेन्टको गाह्रो लगाउने कार्यमा विदेशी टोलीका युवाले श्रमदान गरिरहेको विद्यालयका शिक्षक तेजबहादुर सुनारले बताउनुभयो । टोलीले एक सातासम्म विद्यालय निर्माणका लागि श्रमदान गर्ने छन् उनले भने । 

    images
    images

    टोलीमा संलग्न जोई डोग्लेले स्थानीयसँगको समन्वयमा कार्य गर्न निकै राम्रो लागेको बताए ।

    दुर्गम गाउँमा आएर कार्य गर्न पाउँदा निकै खुसी भएको उनले बताए । विल्डवन नेपालका प्राविधिक टंक भुसालका अनुसार रू २५ लाखको लागतमा निर्माण गरिने भूकम्प प्रतिरोधी विद्यालय भवनमा तीन कोठा र दुई वटा शौचालय निर्माण गरिने छन् । विद्यालय निर्माणका लागि स्थानीय समुदायका तर्फबाट ढुंगा, बालुवा, गिट्टी, काठको जोहोसँगै श्रमदान गर्नु पर्ने र संस्थाले सिमेन्ट, फलामे छड र भवन निर्माण गर्ने दक्ष कामदार र प्राविधिक सहयोगको व्यवस्था गर्नेछ । 

    नगर प्रमुख दिलबहादुर ऐर र दुवई केयर संस्थाका प्रमुख अब्दुल्लाहले सो विद्यालय भवनको संयुक्तरूपमा शिलान्यास गरेका थिए । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विदेशी श्रमदान
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।