नेपाली साङ्गितिक इतिहासलाइ खोतल्दै जादा यसको उत्पति राजा बिर शमसेरको पालामा भएको पाइन्छ। त्यति बेला भारतिय गायक उस्ताद बुदे अलि खान नेपाल आएसङ्गै नेपाली सङ्गितको उदए भएको पाइन्छ । नेपाली सङ्गितको सन्दर्भमा सबै भन्दा पुरानो इतिहास भने नेवारी सङ्गितलाइ मानिन्छ।
अन्तत; आधुनिक सङ्गितको ईतिहास सबै भन्दा पुरानो साङ्गितिक ईतिहास भने होइन।
भारतिय सङ्गितको ठुलो छाप रहेका बेला, बि.सं. १९९५ मा कलकत्तामा सेतुराम श्रेष्ठको आवाजमा रेकर्ड भएको राजामति कुमति जिके वाला पिरति बोलको नेवारि गितलाइ नै नेपालको पहिलो रेकर्डेड गित मानिन्छ।
यो समय देखि रेडियो नेपालको स्थापनाकाल सम्मको समयलाइ नेपाली आधुनिक सङ्गितको महत्वपुण समय मानिन्छ किनभने यस समयमा सेतुराम श्रेष्ठको प्रभाब सङ्गै उस्ताद साइला, मेलवा देबि, भैरबबहादुर थापा, मास्टर रत्नदाश प्रकाश र बाल गायीकाका रुपमा त्यतिबेला उभिएकि उर्मिला देबिको नेपाली सङ्गितमा आगमन भएको थियो।
नेपाली आधुनिक सङ्गितको स्वणिम युग बि.सं. २०२० को दशकदेखि सुरु भएको पाइन्छ। यस दशकमा नेपाली सङ्गितमा एक महान गायकले आफ्नो प्रतिभालाइ रेडियो नेपालमा प्रस्तुत गरे, ति थिए दिप श्रेष्ठ। उनले १४ बर्षको कलिलो उमेरमा आफ्नै रचनामा म पत्थरको देवता होइन बोलको गित गाएका थिए ।
उर्मिला देबिको पहिलो गित सन्ध्या तिम्रो रिमझिम पानीलाइ शुद्ध पहिलो नेपाली आधुनिक गित मानिन्छ। जब भैरबबहादुर थापाले धर्मराज थापालाइ नेपाली सङ्गितमा भित्राए, तब नेपाली सुगम सङ्गित देशब्यापि रुपमा सबै ठाउमा फैलीएको थियो, भैरब बहादुर थापालाइ नेपाली सुगम सङ्गितको महान योगदानकर्ता मानिन्छ।
बि.स २००० को दशकमा तारिणि प्रसाद कोइरालाहरुको प्रजातन्त्रिक रेडियो नेपाल बिराटनगर बाट प्रसारण हुन्थ्यो। उक्त रेडियो पछि बि.स २००७ चैत्र २० गते रेडियो नेपालका रुपमा प्रतिस्थापन भए सङ्गै लाइभ रेकर्डिङको युग सुरु भयो। त्यस सङ्घर्सकालिन समयमा बिभिन्न अग्रज सङ्गितकर्मीको नेपाली सुगम सङ्गितमा ठुलो देन रह्यो। त्यो बि.स २०००को दशकमा सङ्गितकार जस्तै नातिकाजि, शिब शङ्कर, अम्बर गुरुङ, रामशरण दर्नाल, त्यस्तै हरिप्रसाद रिमाल, अधेरी रातमा आवाज दिएर प्रेमध्वज पर्धान, तारा देबि, कोइलि देबि, र गितकार रत्न शमसेर थापा, किरण खरेलको नेपाली सङ्गितमा प्रबेश भयो।
बि.स २०१० को दशकमा नेपाली आधुनिक सङ्गितमा एक कालजयी श्वरको जन्म भयो। त्यो स्वरका धनि थिए, श्वर सम्राट नाराएण गोपाल। प्रेमध्वज प्रधानको सङ्गित र मानिक रत्नको रचना रहेको जीवनको पङ्खको स्वाद बोलको गितमा उनले आवाज दिइ नेपाली सङ्गितमा पाइला चालेका हुन। त्यो दशकमा नारायण गोपाल सङ्गै अरुना लामा, गोपाल योञ्जन, बच्छु कैलाश, फत्तेमान राजभण्डारि,यादब खरेल जस्ता बरिष्ठ सङ्गितकर्मीको नेपाली आधुनिक सङ्गितमा आगमन भएको थियो।
नेपाली आधुनिक सङ्गितको स्वणिम युग बि.सं. २०२० को दशकदेखि सुरु भएको पाइन्छ। यस दशकमा नेपाली सङ्गितमा एक महान गायकले आफ्नो प्रतिभालाइ रेडियो नेपालमा प्रस्तुत गरे, ति थिए दिप श्रेष्ठ। उनले १४ बर्षको कलिलो उमेरमा आफ्नै रचनामा म पत्थरको देवता होइन बोलको गित गाएका थिए। बि.स २०२७ सालदेखि रेडियो नेपालमा गित रेकर्डङ हुन थाल्यो। त्यसपछि बि.स २०३०को दशक देखि बि.स २०४५ सम्म नेपाली सुगम सङ्गितमा धेरै सङ्गितकर्मिको एक लहर नै सिर्जना भयो। त्यो समयमा गाएक-गाइकाहरु भजन सिरोमणि भक्तराज आचार्य, दिपक खरेल, ज्ञानु राणा, मिरा राणा, प्रकाश श्रेष्ठ, उदित नारायण झा, रबिन शर्मा, अरुन थापा, ओम बिक्रम बिष्ट तथा सङ्गितकारहरु सम्बुजित बास्कोटा, दिपक जङ्गम, शुरेस आधिकारि आदिको नेपाली सङ्गितमा ठुलो योगदान रह्यो।
बि.स २०४०को दशक नेपाली सुगम सङ्गितमा केहि धक्का महशुस भएको साबित भयो। बि.स २०४७ सालमा नारायण गोपालको निधन र २०४८ सालमा भक्तराज आचार्यको दुर्धटनाबाट थोरै क्षतिग्रस्त भयको नेपाली सङ्गितमा त्यसै दशकमा उदाएका युवा गाएक रामकृष्ण ढकाल र सङ्गितकार न्यु बज्राचार्यले ठुलो योगदान छरे। रामकृष्ण ढकाल, न्यु बज्राचार्य लगायत कर्ण दाश, यम बराल, राजेश पायल राई, कुन्ति मोक्तान, सपना श्री हुदै शिब परियार, नरेन्द्र प्यासी, अञ्जु पञ्त, सत्य-स्वरुप, प्रमोद खरेल सम्म आएको नेपाली सुगम सङ्गित बर्तमान परिबेशमा त्यति निरन्तर रुपमा अगाडि बढेको पाइदैन। बरु छोटो इतिहास भएका लोक, पप तथा हिपहप जस्ता साङ्गितिक बिधाहरुले आफ्नो ठुलो प्रभाव छोड्न सफल भएका छन। सेतुराम श्रेष्ठ, प्रेमध्वज प्रधान, नारायण गोपाल, दिप श्रेष्ठ, हुदै रामकृष्ण ढकाल सम्म आएको नेपाली सुगम सङ्गितको युगलाइ डिजिटल र पश्चिमा सभ्यता झल्किने सङ्गितको युगले पछि पारेको छ।
अन्तत; शताब्दिको लामो इतिहास भएको नेपाली आधुनिक सङ्गित समाप्तिको दिशा तिर लम्किसकेको छ।
- नबिन लम्साल तम्घास, गुल्मी
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology