देवदह । देवदहको भलुही खोलामा सरसफाई गरिएको छ । देवदह नगरपालिका वडा नं ९ को आयोजनामा शनिबार भलुही खोलामा सरसफाई गरिएको हो ।
बढ्दो सहरीकरण, अव्यवस्थित वस्ती विकास तथा सार्वजनिक स्थलको अतिक्रमणबाट खोलालाई जोगाउन सरसफाई गरिएको वडा अध्यक्ष मोहन जिसीले जानकारी दिए ।
सडक, गल्ली तथा धार्मिक, सांस्कृतिक, प्राकृतिक महत्व बोकेका सम्पदाको रुपमा रहेका खोलानाला, तालतलैया, खुला स्थान तथा सार्वजनिक स्थलको संरक्षण गर्नु सबै सचेत नागरिकको दायित्व भएकोले भलुही क्षेत्र भएर बग्ने भलुही खोला जनप्रिय मा. वि. देखि बाघकुमार पुलसम्म सरसफाई गरिएको उनको भनाई छ ।
सरसफाई कार्यक्रममा देवदह नगरप्रमुख ध्रुवप्रसाद खरेल, नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग लगायत जनप्रतिनिधी, संघसंस्थाका प्रतिनिधि र स्थानीयहरूको सहभागिता रहेको थियो ।