Logo

२०८३, कार्तिक २६गते


images
images

रसियाली नागरिकले पोखराबाटै गरे राष्ट्रपतिलाई मतदान

रसियाली नागरिकले पोखराबाटै गरे राष्ट्रपतिलाई मतदान

images
  • रसियाली नागरिकले पोखराबाटै गरे राष्ट्रपतिलाई मतदान
    images

    राजेश पराजुली, पोखरा । पोखरा आज (शुक्रबार) देखी तीन दिन सम्म चल्ने रसियाली राष्ट्रपति निर्वाचनका लागि नेपालबाट मतदान गरेका छन् । पोखराबाट शुक्रबार मतदान गरेका हुन् ।

    images
    images
    images

    पोखराको बाराही होटलमा राखीएको मतदानकेन्द्र मार्फट १३ जनाले मतदान गरे । मार्च १७ मा काठमाडौंमा नेपालस्थित रसियाली दुतावासमा रहने मतदान स्थलमा बाँकी रहेका मतदाताले मतदान गर्ने दुतावासले जनाएको छ ।

    images
    images
    images

    नेपालमा रहेका रसियाली नागरिकलाई मतदान गर्न सहज होस भनेर पोखरा र काठमाडौंमा मतदानस्थल राखेको रसियाली राजदुतावासका प्रतिनिधि अलेक्जेन्डर इभासेभले जानकारी दिए ।

    images
    images

    नेपालमा रहेका रसियन कर्मचारी तथा घुम्न आएका पर्यटकले राष्ट्रपतिका लागि मत दिन सकुन् भनेर यस्तो व्यवस्था गरेको उनले बताए ।

    नेपालमा स्थायी रुपमा बसेका करिब २ सय रसियाली कर्मचारीले काठमाडौंको मतदानस्थलमा सहभागी हुने उनले बताए । उनले करिब १९ लाख रसियाली मतदाताले रसिया भन्दा बाहिरका मुलुकबाट मतदान गर्नेछन् 

    रसियाली राष्ट्रपतिको निर्वाचनमा चारजना उम्मेद्वार चुनावी मैदानमा छन् । वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन स्वतन्त्र उम्मेद्वारको रुपमा चुनावी मैदानमा छन् ।

    त्यसै गरी पुटिनसँगै न्यू पिपल पार्टीका भ्लादिस्लाभ डाभान्कोट, नेशनलिष्ट लिवरल डेमोक्रयाटिक पार्टीका लिओनिड स्लुत्स्की, कम्यूनिष्ट पार्टीका निकोलाई खरितोलोभ रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रसियाली नागरिक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।