Logo

२०८३, कार्तिक २७गते


images
images

लोकतन्त्रको विशेषतालाई अगाडि बढाउनुपर्छ : नेता डा कोइराला

लोकतन्त्रको विशेषतालाई अगाडि बढाउनुपर्छ : नेता डा कोइराला

images
  • सेतोमसी सहकर्मी
  • लोकतन्त्रको विशेषतालाई अगाडि बढाउनुपर्छ : नेता डा कोइराला
    images

    मोरङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सम्मानपत्र वितरण गर्दै लोकतन्त्रको विशेषतालाई अगाडि बढाउने जिम्मेवारीका साथ लाग्नु आवश्यक रहेको बताएका छन् । 

    images
    images
    images

    गुराँस पुस्तकालय बरगाछी विराटनगरको ५४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विकृति, विसङ्गतिलाई चिरेर अगाडि बढी लोकतन्त्रलाई सुदृढ गर्नुपर्नेमा जोड दिए ।

    images
    images
    images

    उनले राजनीतिमा  संस्कार र नैतिकता आवश्यक रहेको चर्चा गर्दै वर्तमान अवस्थामा यसमा खडेरी परेको गुनासो गरे। 

    images
    images

    कार्यक्रममा सामाजिक तथा राजनीतिक क्षेत्रका दुई जना व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

    सम्मानित व्यक्तित्वहरू गोयल, दाहाल, सुवेदी, कांग्रेस नगर सभापति दीपक चापागाईं, पुस्तकालयका अध्यक्ष सुनिल पाण्डे, लक्ष्मी पोखरेलले प्रजातन्त्र, लोकतन्त्र एवं सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेलाई पुस्तकालयले सम्मान गर्ने गरेको जानकारी दिए ।

    ‘स्व. मुक्तिप्रसाद यदुनाथ चापागाइँ’ सम्मानबाट राजनीतिक क्षेत्रमा पीताम्बर दाहाल र सामाजिक क्षेत्रमा उद्योगपति दीनबन्धु गोयललाई नगद र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो । 

    यस्तै साहित्यकार दधिराज सुवेदीलाई कदरपत्र र कक्षा आठमा उत्कृष्ट अङ्क ल्याउने द्रोण डाँगी र सलिना राजवंशीलाई नगद पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेता डा कोइराला
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।