Logo

२०८३, कार्तिक २७गते


images
images

अन्तराष्ट्रिय कराँते प्रतियोगितामा ९ गोल्डसहित नेपाल प्रथम

अन्तराष्ट्रिय कराँते प्रतियोगितामा ९ गोल्डसहित नेपाल प्रथम

images
  • सेतोमसी सहकर्मी
  • अन्तराष्ट्रिय कराँते प्रतियोगितामा ९ गोल्डसहित नेपाल प्रथम
    images

    देवदह । देवदहमा आयोजित दोस्रो गौतम बुद्ध वादरियो अन्तराष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा नेपाल  प्रथम भएको छ । 

    images
    images
    images

     प्रतियोगितामा ९ गोल्डसहित नेपाल प्रथम, ४ गोल्डसहित भारत दोस्रो र ३ गोल्डसहित बंगलादेश तेश्रो भएको एकेडेमीका अध्यक्ष तथा प्रदेश उपाध्यक्ष शोभाखर पन्थले जानकारी दिए । 

    images
    images
    images

    प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले खेललाई मनोरञ्जन र स्वास्थ्यसङ्गै व्यवसायीक ढंगले समेत संचालन गर्नुपर्नेमा बताए  । शिक्षा संगसंगै खेलकुदलाई जोडेर लैजानु आजको आवश्यकता रहेको उनको भनाइ छ ।

    images
    images

    कार्यक्रममा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्य, नेकपा एमाले नगर कमिटी अध्यक्ष केशव भट्टराई, नेपाली काङ्ग्रेस नगर सभापति गुणाखर भुर्तेल, नेकपा एसका डिल्लीराम सापकोटा लगाएतले  बोलेका थिए ।

    प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश गरी करिब ३०० जना खेलाडीहरुको प्रतिस्पर्धा रहेको थियो ।

    नेपाल वादोरियो करातें डो संघ, लुम्बिनी प्रदेश र देवदह कराँते डो एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता भएको हो  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।