३० चैत्र बुटवल - चितवनको राप्ती नगरपालिका-११ मा मजदुर बोकेको ट्र्याक्टर पल्टिँदा पाँच जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन ।
आइतबार बेलुका थाकलटारबाट चिउँडेखोलातर्फ छुटेको ना १ त ६२८२ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा ज्यान गुमाएका पाँच जनामध्ये चार जनाको परिचय खुलेको छ । ज्यान गुमाउनेमा राप्ती नगरपालिका-५ का ३५ वर्षका खडक लामा, खैरहनी नगरपालिका-९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका-४ का ४५ वर्षका सीताराम श्रेष्ठको परिचय खुलेको छ भने अन्दाजी २५ वर्षका युवकको परिचय खुलेको छैन ।
घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology