Logo

२०८३, आश्विन ९गते


images
images

ईप्सा पुनर्गठन, निजी विद्यालयको अब एउटै संस्था

ईप्सा पुनर्गठन, निजी विद्यालयको अब एउटै संस्था

images
  • ईप्सा पुनर्गठन, निजी विद्यालयको अब एउटै संस्था
    images
    images

    देवदह  । पूर्वी क्षेत्र निजी विद्यालय परिवार ईप्सा पुनर्गठन भएको छ । ईप्सा रुपन्देही पूर्वी क्षेत्रमा सञ्चालित निजी विद्यालय २०६४ सालमा स्थापित भइ निजी विद्यालयका हरेक क्रियाकलापहरुलाई सामुहिक रुपमा सञ्चालन गर्दै आएको शैक्षिक संगठन हो । 

    images
    images
    images

    राज्यको पुनर्संरचना अनुसार पालिका स्तरमा प्याब्सन र एन प्याब्सन गठन भएपछि उक्त संगठन निस्क्रिय भएको थियो । देवदह क्षेत्रमा शैक्षिक गुणस्तरलाई अझ प्रतिस्पर्धात्मक बनाई अतिरिक्त क्रियाकलापहरुका माध्यमबाट हरेक बालबालिकालाई प्रतिभा प्रस्फुटनमा अझ प्रभावकारी बनाउन यस संगठनलाई पुनर्गठन गरिएको एन प्याब्सनका केन्द्रिय सचिव कृष्ण प्रसाद पौडेलले बताए ।

    images
    images
    images

    प्याब्सन र एन प्याब्सन दुवै संगठनले आ आफ्नो हिसाबले विभिन्न शैक्षिक गतिविधि गरेता पनि स्वस्थ प्रतिस्पर्धा, शैक्षिक क्यालेण्डरमा एकरुपता, परीक्षा, विदा लगायत विषयमा एकरुपता ल्याउनको लागि दुवै संगठनले सामुहिक क्रियाकलाप गर्नको लागि संगठनको आवश्यकता परेका एन प्याब्सनका केन्द्रिय सदस्य विष्णुप्रसाद पौडेलले बताए । त्यसैगरी देवदह नगर प्याब्सनका प्रमुख सल्लाहकार तथा प्याब्सन रुपन्देहीका सहसचिव बोधराज गौडेलले दुवै संगठनको उद्देश्य एउटै भएकोले समग्र नगरको शैक्षिक बिकासमा अझ प्रभावकारी भूमिका खेल्नको लागि एकजुट हुनु परेको बताए ।

    images
    images
    images

    दुवै संगठनको संयुक्त भेलाले राम बहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा चुडा बहादुर थापा , सचिवमा बिनोद थापा, कोषाध्यक्षमा कृष्णप्रसाद गैरे , सदस्यहरुमा प्रेम नारायण केवट र राजेन्द्र पराजुली रहेका छन ।

    त्यसैगरी सल्लाहकारहरुमा कृष्णप्रसाद पौडेल, एकनारायण काफ्ले, विष्णुप्रसाद पौडेल, बोधराज गौडेल र महेश पराजुली रहेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ईप्सा पुनर्गठन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।